तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस अमेरिका: 'खोप बने पनि नबने पनि' देशलाई पुरानो अवस्थामा फर्काउने राष्ट्रपति डोनल्ड ट्रम्पको उद्घोष
अमेरिकाले यो वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसविरुद्ध खोप बनाउने उद्देश्य राखेको घोषणा गर्दै राष्ट्रपति डोनल्ड ट्रम्पले 'खोप भए पनि नभए पनि' अमेरिका खुला रहने वाचा गरेका छन्।
'अपरेशन वोर्प स्पीड' नाम दिइएको यो योजनालाई उनले दोस्रो विश्वयुद्धका बेला परमाणुअस्त्र बनाउने प्रयाससँग तुलना गरे।
तर उनले खोप बनेन भने पनि अमेरिकीहरूले बिस्तारै सामान्य अवस्थामा फर्किनुपर्ने स्पष्ट पारेका छन्।
धेरै विशेषज्ञहरूले एकै वर्षमा कोरोनाभाइरसको खोप बन्न सक्ने विषयमा विश्वस्त छैनन्।
ट्रम्पले के भने?
"यो पूर्ण रूपमा खोपमा मात्रै निर्भर छ भन्ने कुरा मानिसहरूले नसोचून् भन्ने म चाहन्छु," उनले भने।
"खोप भए पनि नभए पनि हामी फर्किन्छौँ। अनि हामी त्यो प्रक्रिया सुरु गर्दैछौँ।"
धेरै रोगविरुद्ध खोप उपलब्ध नभए पनि मानिसले आफैँ सङ्घर्ष गरेर निको हुने उल्लेख गर्दै उनले भने, "अरूको त खोप नै हुँदैन र ती आफैँ हराँउछन्।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
कस्तो छ अवस्था?
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या तीन लाख नाघेको छ।
विश्वभरि सङ्क्रमितहरूको सङ्ख्या ४५,४२,००० भन्दा बढी छ। कोभिड-१९ बाट निको हुनेहरूको सङ्ख्या शुक्रवार नै १५ लाखभन्दा बढी थियो।
पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन्। अहिलेसम्म १४,४२,००० भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८७,००० नाघेको छ।
अमेरिकामा अतिप्रभावित न्यूयोर्क राज्यमा २८,००० जनाभन्दा बढीको मृत्यु भएको छ।
यो पनि हेर्नुहोस्