तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: विश्व स्वास्थ्य सङ्गठन भन्छ, 'यो हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ'
कोरोनाभाइरस संसारबाट 'कहिले पनि नहराउन सक्ने' विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।
सङ्गठनका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भनेका छन्।
उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न 'निकै ठूलो प्रयत्न' आवश्यक पर्ने बताए।
संसारभरि अहिलेसम्म कोरोनाभाइरसका कारण तीन लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ भने ४३ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
यसैबीच संयुक्त राष्ट्रसङ्घले महामारीका कारण मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको बताएको छ।
उसले सरकारहरूलाई मानसिक स्वास्थ्य एवम् मनोसामाजिक सहयोगलाई समेत महामारीसँग जुझ्ने योजनामा सामेल गर्न आग्रह गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले के भन्यो?
डा. राएनले बुधवार इन्टरनेट मार्फत गरीएको प्रेस सम्मेलनमा बोल्दै भने, "यो कुरा थाहा हुनु आवश्यक छ - कोरोनाभाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ।"
"एचआईभी हराएको छैन तर हामीले त्यससँग रहन सिकेका छौँ।"
उनले भने "कसैले यो भाइरस हराउने समय अनुमान गर्न सक्ने" अवस्था नरहेको बताए।
अहिले संसारमा १०० भन्दा बढी सम्भावित खोपहरू विकास भइरहेका छन् तर डा. राएनले खोप भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रयत्न गरे यो भाइरसलाई नियन्त्रण गर्न सकिने बताएका छन्।
उनले भने, "यो कुरो हाम्रो हातमा छ र यो सबैको सरोकारको कुरो हो। हामी सबैले यो महामारी रोक्न सहयोग गर्नुपर्छ।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा