आईएसएसको साँचो अब रुसी अन्तरिक्षयात्रीसँग, नेतृत्व हस्तान्तरणपछि सामूहिक अँगालो

आईएसएसको साँचो अब रुसी अन्तरिक्षयात्रीसँग, नेतृत्व हस्तान्तरणपछि सामूहिक अँगालो

अमेरिकी अन्तरिक्ष निकाय नासाका माइक फिन्कले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को नेतृत्व रुसी अन्तरिक्षयात्री सर्गेइ कुड-स्वेर्च्कोफलाई हस्तान्तरण गरेका छन्।

क्रू-११ का फिन्क आफ्नो टोलीसहित पृथ्वी फर्किन लागेका छन्। उनले सोमवार स्वेर्च्कोफलाई उक्त अन्तरिक्ष स्टेशनको प्रतीकात्मक साँचो दिएका हुन्।

क्रू-११ मा दुई अमेरिकी, एक जापानी र एक रुसी अन्तरिक्षयात्री छन्। ती चारमध्ये एक जना "गम्भीर रूपमा अस्वस्थ" भएपछि नासाले पूरै टोलीलाई निर्धारित समयभन्दा एक महिनाअघि फिर्ता गर्न लागेको हो। उनीहरू यो साता पृथ्वी फर्किने बताइएको छ।

नासाले व्यक्तिगत गोपनीयताको विषय भन्दै बिरामी परेका अन्तरिक्षयात्रीको नाम र उनलाई के भएको हो भन्ने खुलाएको छैन। नासाको ६५ वर्षभन्दा लामो इतिहासमा स्वास्थ्यका कारण पूरै अभियान पूर्वनिर्धारित समयभन्दा अगाडि फिर्ता हुन लागेको यो पहिलो पटक हो।

आईएसएसमा सन् २००० देखि निरन्तर अन्तरिक्षयात्रीहरू बस्दै आएका छन्। नासाका अनुसार २५ वर्षको अवधिमा अहिलेसम्म त्यहाँ २८० भन्दा बढी अन्तरिक्षयात्री पुगिसकेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।