गुगल सर्च: यो वर्ष खोजिएका विषयमा वर्डल, युक्रेन र जोनी डेप शीर्ष स्थानमा

वर्डल

तस्बिर स्रोत, Getty Images

सन् २०२२ मा गुगल प्रयोग गरेर हामीले इन्टरनेटमा के कस्ता विषयवस्तुबारे खोजी गर्‍यौँ भन्ने सूची गुगलले सार्वजनिक गरेको छ।

विश्वमै सबैभन्दा बढी खोजी भएका कुराहरूमा केही चाखलाग्दा विषयवस्तु समावेश छन्।

ती मध्ये केहीलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ

वर्डल र क्रिकेट

सन् २०२२ मा गुगलमा सबैभन्दा बढी खोजी गरिएको शब्द वर्डल हो।

वेबसाइटमा आधारित यो खेल सफ्टवेअर इन्जिनियर जस वर्डलले आफ्नी प्रेमिकाका लागि उपहार दिन बनाएका हुन्।

अक्टोबर २०२१ मा सार्वजनिक भएयता भाइरल हुन पुगेको यो खेल द न्यूयोर्क टाइम्सले सन् २०२२ को ज्यानुअरीमा खरिद गरेपछि झनै प्रख्यात भएको छ।

उक्त कम्पनीले खरिद गरेपछि यो खेल कसरी खेल्न सकिन्छ भनेर मानिसहरूले खोजी गरेका कारण यसको सर्च व्यापक भएको हुनसक्छ।

वर्डलपछि सर्वाधिक खोजी गरिएको विषयमा क्रिकेट परेको छ।

क्रिकेट

तस्बिर स्रोत, Getty Images

नोभेम्बर १० तारिखमा भारत र इङ्ग्ल्यान्डबीच भएको टी-२० विश्वकपको सेमिफाइनल खेल विश्वभरि दोस्रो बढी खोजी गरिएको विषय बनेको छ।

प्रतियोगितामै भारत र दक्षिण अफ्रिकाबीच भएको खेल पनि "शीर्ष पाँच" खोजीका विषयवस्तुमा परेको छ।

कुनकुन समाचार बढी खोजिए?

यो विधामा सबैभन्दा बढी खोजी भएको विषयवस्तु युक्रेनमाथि रुसी आक्रमण रहन गयो।

त्यसपछि खोजी भएका समाचारहरूमा महारानी एलिजाबेथ द्वितीयाको निधन अनि निकै ध्रुवीकृत भएका कारण चासोको विषय बनेका ब्रजिल, अमेरिका र फिलिपिन्सका निर्वाचनहरू परेका छन्।

युक्रेन

तस्बिर स्रोत, Getty Images

मङ्कीपक्स भाइरसबारे चिन्ता र चासोका कारण यसबारेको समाचार पनि शीर्ष पाँच खोजी भएका सामग्रीमा पर्न सफल भयो।

तर कोभिड-१९ भने शीर्ष १० को सूचीमा समेत परेन।

चर्चित कलाकारहरूको झगडा

सन् २०२२ मा हलीवुड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी अभिनेत्री एम्बर हर्डबीचको मुद्दा चर्चाको विषय बन्न पुग्यो।

पूर्वपत्नीलाई अदालत पुर्‍याएका डेप (एम्बरले पनि डेपविरुद्ध मुद्दा दायर गरेकी थिइन्) सबैभन्दा बढी खोजिएका व्यक्ति बने।

त्यसपछि बढी खोजी हुनेमा हलीवुडका अर्का प्रख्यात अभिनेता बिल स्मिथ पर्छन्।

कलाकार

तस्बिर स्रोत, Getty Images

स्मिथले ओस्कर पुरस्कार वितरण समारोहमा प्रस्तोता क्रिस रकलाई थप्पड हानेका थिए।

हर्ड र रक पनि खोजी गरिएका शीर्ष पाँच व्यक्तिमा परेका छन्।

सुपर हिरो चलचित्रकै वर्चस्व

सन् २०२२ मा सुपर हिरो रहेका चलचित्रले अपेक्षाकृत रूपमा व्यापार गर्न सकेनन् र मार्टिन स्कोर्सेज अनि क्विन्टीन ट्यारन्टिनोजस्ता प्रख्यात निर्देशकहरूले समेत ती चलचिहरूको आलोचना गरे।

चलचित्र

तस्बिर स्रोत, Marvel Studios

तर इन्टरनेटमा हुने खोजीमा भने "थोर: लभ एन्ड थन्डर" अनि "ब्ल्याक एडम" अगाडि देखिए।

"टप गन: म्याभरिक" पनि धेरै खोजी भएको चलचित्रमा पर्न सफल रह्यो।

टम क्रूजको उक्त चलचित्र सन् २०२२ मा व्यावसायिक रूपमा सुपर हिरो रहेका चलचित्रभन्दा बढी सफल हुन पुग्यो।

पसुरीको चर्चा

गुगलको गुनगुनाएर खोजी गर्न सकिने फीचर (जसले सङ्गीत पहिचान गर्न एआईको सहायता लिन्छ) मार्फत् सन् २०२२ मा सबैभन्दा बढी खोजी गरिएको गीत पसुरी रहन गयो।

पाकिस्तानी गायक अलि सेठी अनि शे गिलले यो गीत तयार पारेका हुन्।

पासुरी

तस्बिर स्रोत, Getty Images

डिज्नी प्लसमा मिस मार्भलको एउटा शृङ्खलामा यो गीत समाविष्ट गरिएपछि यसले झन् ख्याति प्राप्त गर्‍यो र दक्षिण कोरियाली ब्यान्ड बीटीएसको बटर बोलको गीतभन्दा चर्चित हुन गयो।

परम्परागत गीतहरूको सूचीमा पनि बढी खोजी भएका गीतहरूमा पसुरी दोस्रो स्थानमा पर्न सफल भएको छ।

टीभी कार्यक्रम

सन् २०२२ मा सबैभन्दा बढी खोजी हुनेमा "यूफोरिया" नामक शृङ्खला परेको छ।

टीभी कार्यक्रम

तस्बिर स्रोत, AFP

"गेम अफ थ्रोन्स"को पूर्वभाग "हाउसको अफ ड्र् यागन" बढी खोजिने टीभी कार्यक्रमको दोस्रो स्थानमा परेको छ।

एमजनको "लर्ड अफ द रिङ्स: द रिङ्गस अफ पावर" भने सर्वाधिक खोजी गरिएको सूचीको शीर्ष १० मा समेत अटाएन।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, के इन्टरने‍ट बन्द गर्न सकिन्छ?