अन्तरिक्षयात्री बिरामी परेपछि फर्किएको नासाको टोली यसरी समुद्रमा ओर्लियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अन्तरिक्षयात्री बिरामी परेपछि फर्किएको नासाको टोली यसरी समुद्रमा ओर्लियो

एक अन्तरिक्षयात्री बिरामी परेपछि नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट फिर्ता गरेको चारसदस्यीय टोली पृथ्वी आइपुगेको छ।

नासाका अनुसार क्रू-११ नामक उक्त टोली स्थानीय समयानुसार शुक्रवार बिहान १ः३० बजे क्यालिफोर्नियानजिकै प्रशान्त महासागरमा ओर्लिएको हो।

'ड्र्यागन एन्डेभर' अन्तरिक्षयानमा चढेर पृथ्वी फर्किन उनीहरूलाई ११ घण्टा लाग्यो।

बिरामी परेका अन्तरिक्षयात्रीसहित सबै जना सकुशल रहेको नासाले जनाएको छ। नासाका अनुसार उनीहरूलाई सान डिएगोस्थित अस्पतालमा चिकित्सकीय परीक्षण र निगरानीमा राखिने छ।

उक्त टोलीमा नासाका अन्तरिक्षयात्रीहरू जेना कार्ड्मन र माइक फिङ्क, जापानी अन्तरिक्ष निकाय जाक्साका किमिया युई र रुसी अन्तरिक्षयात्री ओलेग प्लाटोनोभ छन्।

नासाले व्यक्तिगत गोपनीयताको विषय भन्दै बिरामी परेका अन्तरिक्षयात्रीको नाम र उनलाई के भएको हो भन्ने खुलाएको छैन। नासाको ६५ वर्षभन्दा लामो इतिहासमा स्वास्थ्यका कारण पूरै अभियान पूर्वनिर्धारित समयभन्दा अगाडि फिर्ता भएको यो पहिलो पटक हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।