'स्वाट्टै बस तलतिर खस्यो, त्यसपछि मान्छेहरू चिच्याउन थाले'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'स्वाट्टै बस तलतिर खस्यो, त्यसपछि मान्छेहरू चिच्याउन थाले'

धादिङमा आइतवार मध्यरातपछि भएको यात्रुवाहक बस दुर्घटनामा परेकी एक महिलाले आफू सीटमुनि परेकोले बाँच्न सफल भएको बताएकी छन्।

सोलुखुम्बु घर भई हाल काठमाण्डूस्थित बौद्ध क्षेत्रमा बस्ने याङ्जी शेर्पाका अनुसार उनी घुमफिर गरेर आफ्ना पतिसँग पोखराबाट फर्कँदै थिइन्।

उनको अहिले काठमाण्डूस्थित एउटा अस्पतालमा उपचार हुँदै छ। बस दुर्घटनामा परेकाहरूलाई प्रहरीले उद्धार गरेर विभिन्न अस्पतालमा उपचारका लागि पठाएको छ।

उक्त दुर्घटनामा परेर घटनास्थलमा १७ जनाको र बाँकी दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त दुर्घटनामा परी कम्तीमा एक विदेशी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

बीबीसी न्यूज नेपालीका कमल परियारले घाइते याङ्जी शेर्पालाई अस्पतालको शय्यामा भेटेर उक्त दुर्घटनाबारे सङ्क्षिप्त कुराकानी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।