इरानको झण्डा हटाएर सिंह र सूर्य अङ्कित झण्डा किन राख्दै छन् प्रदर्शनकारीहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इरानको झण्डा हटाएर सिंह र सूर्य अङ्कित झण्डा किन राख्दै छन् प्रदर्शनकारीहरू

इरान र अन्यत्र पनि इरानी प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्र इरानको झण्डा च्यात्दै वा फाल्दै त्यसको ठाउँमा सिंह र सूर्य अङ्कित झण्डा राख्न थालेको देखिएको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानको राष्ट्रिय ध्वजामा सिंह र सूर्य थिए। तर अहिले प्रदर्शनकारीहरूले इरानका वर्तमान शासकविरुद्ध प्रतिपक्षको प्रतीकका रूपमा यो झण्डा प्रयोग गरिरहेका छन्।

इरानमा धर्मगुरु तथा देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको शासन अन्त्य हुनुपर्ने माग चर्किएको छ। केही प्रदर्शनकारीहरूले सन् १९७९ मा हटाइएको राजतन्त्र फेरि फर्काउनुपर्ने माग पनि उठाएका छन्।

हेर्नुहोस यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।