टिकटक: आम्दानीबारे बोल्दा त्यसले असमान तलबको खाडल पुर्छ?

तस्बिर स्रोत, Hannah Williams
आफ्नो लुगादेखि खानेकुरासम्म अनलाइन राख्ने भनेर जेन जी पुस्ता परिचित छ। कान्छा पुस्ताका अहिले उनीहरू लामो समयदेखि तलब राख्न हुन्न भन्ने धारणा अवज्ञा गर्दै आफ्नो तलबबारे लेखिरहेका छन्।
हाना विलियम्सलाई भेट्नेले यो प्रश्नको सामना गर्नुपर्छ: "तपाईँ के गर्नुहुन्छ र कति कमाउनुहुन्छ?"
२५ वर्षीया विलियम्स स्यालरी ट्रान्सप्यारेन्ट स्ट्रीटकी संस्थापक हुन् जसको टिकटक खातामा ८ लाख ५० हजार फलोअर्स छन् र करिब १७ लाख लाइक्स छ।
उनको भिडिओहरूमा उनी अमेरिकाका विभिन्न सहरहरूमा पुग्छिन् र मानिसहरूलाई सडकमा रोकेर उनीहरूको पेशा र तलबबारे सोध्छिन्।
विलियम्सका अनुसार आफ्नै करिअरको अनुभवका कारण उनले यस्ता भिडिओहरू बनाउन थालेकी हुन्। आफूले अरूले भन्दा कम तलब पाएको महसुस गरेपछि उनले यसरी अभियान थालेकी हुन्।
त्यसपछि उनले आफ्नो करिअरबारे टिकटकमा छलफल गर्न थालिन् र उनले तलबबारे खुलेर बोल्न थालेकोबारे उनका फलोअरहरूले प्रतिक्रिया जनाउन थाले।
"यस विषयमा मानिसहरू कुरा गर्दैनन् तर गर्नुपर्छ। यसलाई सामान्य बनाउनुपर्छ। मैले जति जति लैङ्गिक र जातिय रुपमा असमान तलब छ भन्ने थाहा पाएँ मलाई लाग्यो, 'यस विषयमा थाहा हुनुपर्छ' - र त्यसकै प्रतिक्रियामा मैले स्यालरी ट्रान्सप्यारेन्ट स्ट्रीट बनाएको हुँ," उनले भनिन्।
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त
यसबारे प्रश्नहरू गर्ने उनी एकजना मात्रै होइनन्। तलब पारदर्शी हुनुपर्ने भन्ने विषयमा युवा पुस्ताले जोड दिइरहेको छ। उनीहरूले टिकटकमा मिम बनाएर र ट्वीटहरू गरेर आफ्नो तलबबारे अरुलाई खुलेर भन्ने अभ्यास गरिरहेका छन्।
कानुन निर्माताहरूले भने यसबारे सावधान गराएका छन्। १५ जना भन्दा बढी कर्मचारी हुने रोजगारदाताले खुला आवेदन गर्दा तलबबारे खुलाउनुपर्ने भनेर निर्णय गर्ने क्यालिफोर्निया पछिल्लो अमेरिकी राज्य हो।
जात, लिङ्ग र जातीयताका आधारमा कसरी तलब फरक परेको छ भनेर पनि विवरण राज्यले हेर्नेछ। त्यस्तो कानुनको समर्थन गर्ने पछिल्लो पुस्ताका जेन जी टिकटककर्ताहरूले त्यसमा खुसी व्यक्त गरेका छन्।
अन्य राज्य र सहरहरूले पनि समान खालका कानुनहरू पारित गरेका छन्।
विगतमा रोजगारदाताहरूले तलब खुलाउनेबारे फरक धारणा राखे पनि अब भने त्यो परिवर्तन हुँदै गरेको विज्ञहरू बताउँछन्।
तलबबारे बोल्न टिकटक
युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्लीका सहप्राध्यापक डाक्टर रिकार्डो पेरेज-ट्रग्लियाले तलबबारे कुरा गर्नुलाई लामो समयदेखि असभ्य रूपमा हेरिँदै आएको बताए। उनका अनुसार यो भनेको आफ्नै अस्तित्वबारे छलफल गर्नुजस्तै हो।
"औसतमा, तलबले तपाईँ आफ्ना रोजगारदाताका लागि कति महत्त्वपूर्ण हो भन्ने संकेत गर्छ। त्यसैले यसबारे कुरा गर्न असहज हुनु त्यति आश्चर्यलाग्दो कुरा होइन। विद्यालयमा आफ्नो परिणामबारे भन्न असहज भएजस्तै हो," उनले भने।
कम्पनीहरूको समीक्षा गर्ने र पेशाहरूका लागि तलब अनुमान गर्ने वेबसाइट ग्लासडोरका प्रमुख अर्थविद् आरोन टेर्राजसले पनि यसमा सहमत छन्।
अरूभन्दा धेरै तलब वा कम तलब भएको थाहा कसैले पनि पाओस् भन्ने नचाहने र यसकारण कसैले पनि यसबारे बोल्न नचाहने उनले बताए।
तर व्यक्तिगत सूचना अनलाईन राख्न चाहने युवा पुस्ताहरू भने यसबारे बोल्न सहज छन् भन्ने देखाउने धेरै प्रमाणहरू छन्। त्यसमा तलब पनि पर्ने सर्वेक्षणहरूले देखाएका छन्।
लिङ्क्डइन मार्केट रिसर्चका अनुसार जेन जीका ८० प्रतिशतभन्दा बढी ठान्छन् कि तलबबारे खुलाउँदा त्यसले तलबमा समानताको अवस्थामा सुधार ल्याउँछ। मिलेनियल्सहरू पनि ७५ प्रतिशत यसमा सहमत छन्।
विलियम्सको अनुभव पनि उक्त अनुसन्धानमा देखिएजस्तै देखिएको छ। उनले भनेकी छन्: जेन जीज् र मिलेनियल्सहरू धेरैजसोले आफ्नो तलबबारे भिडिओमा भन्न चाहेका छन् र महिलाहरू पुरुषभन्दा बढी त्यसमा धेरैजसो भन्न रुचाउँछन्।
के पारदर्शिताले असमान तलबको खाडल पुर्ला?
विलियम्ससहित केही मानिसहरू तलब पारदर्शी बनाउँदा त्यसले लिङ्ग र जातका आधारमा असमान तलबको खाडल पुर्न मद्दत पुर्याउने ठान्छन्। लबर स्ट्याटिस्टिक्स ब्यूरोका अनुसार पुरुषले एक डलर कमाउँदा महिलाहरूले ८२ सेन्टमात्रै कमाउँछन् र अझै अन्य जातका महिला भए त अझै कम हुन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
डेनमार्कले सन् २००६ मा लिङ्गका आधारमा भएको तलबको खाडल प्रकाशित गर्न अनिवार्य गरेको थियो। हालैको एउटा सर्वेक्षणले त्यो खाडल दुई प्रतिशतले घटाएको देखाएको छ।
क्यानडामा सार्वजनिक विश्वविद्यालयहरूले तलबबारे खुलाउनुपर्ने भन्ने कानुन लागु भएपछि लिङ्गका आधारमा दिइने असमान तलबमान २०-४० प्रतिशतले घटेको न्याश्नल ब्यूरो अफ इकोनोमिक रिसर्चले पत्ता लगाएको छ।
हार्भर्ड बिजिनेस रिभ्यूले भने पारदर्शी गर्दा त्यसले केही असर गर्ने प्रति चेतावनी दिएको छ, जस्तै लामो समयदेखि काम गरिरहेका मानिस र नयाँ जागिर पाउनेले एउटै तलब पाउने हुनसक्छ।
क्यालिफोर्नियाको कानुनको असर
सन् २०२२ को ग्लासडोर-ह्यारिस पोल सर्वेक्षणले २८ प्रतिशत कर्मचारीहरूले आफ्ना रोजगारदाताले आफ्ना सहकर्मीहरूलाई तलबबारे छलफल गर्न भनेको खुलासा गरेको छ।
गत वर्ष एपलले आफ्ना कर्मचारीहरूले तलबबारे छलफल गर्ने गरेको स्ल्याक बन्द गर्यो। एपलका अनुसार त्यहाँ स्ल्याकको सर्तको पालना भएन।
जति बढी राज्यहरूले समान कानुनहरू पारित गर्छन् त्यति नै रोजगारदाताहरूलाई तलबसम्बन्धी छलफललाई बेवास्ता गर्न कठिन हुनेछ।
एपल, मेटाजस्ता ठूला प्रविधि कम्पनी रहेको र धेरै जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा तलब पारदर्शितासम्बन्धी कानुन अर्को वर्षबाट कार्यान्वयन हुनेछ।









