नेकपा विवाद: नेकपा स्थायी समिति बैठक फेरि स्थगित, हरिबोल गजुरेल भन्छन्, ‘नेताहरू अब सहमतिको बाटोमा’

तस्बिर स्रोत, RSS
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बोलाउने भनिएको स्थायी समितिको बैठक फेरि आइतवार बस्नेगरी स्थगित भएको छ।
दलका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको छलफलमा स्थायी समितिको बैठक स्थगित गर्दै शनिवार सचिवालयको बैठक निर्णय गरिएको हो।
स्थायी समितिको बैठक पटकपटक अवरुद्ध हुँदै आएको छ।
तर स्थायी समिति सदस्य हरिबोल गजुरेलले दल अब सहमतिको बाटोमा हिँड्न थालेको निष्कर्ष निकालेका छन्।
"स्थिति तन्किएर जसरी उत्कर्षमा पुगेको थियो, तर अहिले वार्ता-छलफल जसरी अघि बढेको छ," गजुरेलले भने, "सहमति भइसकेको छैन, सहमतिको बाटोमा नेताहरू अघि बढिरहनुभएको छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
"दुवै पक्षलाई समर्थन गर्नेहरू पनि सहमतिको लागि प्रयास गरिरहनुभएको छ।"
उनका विचारमा ढिलो चाँडो केन्द्रीय समितिको बैठक हुन्छ र मिल्ने अवस्था भएरै परिस्थिति केन्द्रीय समितिको बैठकतर्फ जाँदैछ। "नमिल्ने भए त केन्द्रीय समिति बैठक किन बस्थ्यो?" उनी प्रतिप्रश्न गर्छन्।
तर केन्द्रीय समितिको बैठक डाक्ने भनिएको स्थायी समिति बैठक नै स्थगित भएपछि सचिवालय बैठकमा धेरैको ध्यान गएको छ।
पूर्वमाओवादी नेतामै अविश्वास
प्रचण्ड निकटस्थहरूले प्रधानमन्त्री ओली पनि बिहीवारको छलफलमा केन्द्रीय समितिको बैठक डाक्न सहमत भएको बताउने गरेका छन्।
तर नेकपा स्थायी समितिमा रहेका एक पूर्व माओवादी नेतालाई नै केन्द्रीय समितिको बैठक हुनेमा त्यति विश्वास छैन।
स्थायी समितिको बैठक डाक्न हस्ताक्षर गरेका ती नेताले भने, "बैठक पो बोलाउन भनेका हौँ, कोही साथीलाई प्रधानमन्त्रीको राजीनामा माग्न मन होला, तर पार्टीलाई पनि त्यो लाग्नुपर्यो नि।"
प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा नदिएरै अन्तत: पार्टी एक हुने उनको विश्वास छ।
'यथास्थितिमा सहमति हुने' उनको विश्वासले नेकपाभित्रको समीकरणमा पनि फेरबदल आइरहेको सङ्केत दिन्छ। यद्यपि उनले आफूले कहिल्यै प्रधानमन्त्रीको राजीनामा नमागेको बताए।
उनी त केन्द्रीय समितिको बैठककै विरुद्धमा देखिए। उनले भने, "कोरोनाभाइरसको सङ्क्रमणका बेला अरूलाई भोजभतेर नगर भन्ने अनि हामीले चार-पाँच सय जना भेला गर्न मिल्छ?"
दुई अध्यक्ष मिल्ने सम्भावना कति?
प्रधानमन्त्रीविरुद्ध पूर्वएमालेका वरिष्ठ नेताहरू प्रचण्डसँग मिलेपछि दुई अध्यक्ष पक्षका कतिपय नेताहरू उनीहरूबीचको सहकार्यको विकल्प नरहेकोमा जोड दिने गरेको छन्।
ओलीनिकट मानिने नेता गोकुल बाँस्कोटाले ट्विटरमा ओली र प्रचण्ड मिलेर एकता भएको र दुई जना नमिल्दा धेरैले खेल्ने अवसर पाएको र दुई अध्यक्ष मिले भने पार्टीमा सबै कुरा मिल्ने आशय व्यक्त गरेका छन्।
तर दुई जनामध्ये एक जना निकालिए वा निक्लिए भने नेकपाको वैधता नै समाप्त हुने उनको भनाइ छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
पूर्वमाओवादीका कतिपय नेताहरूबाट पनि त्यस्तै आशय अभिव्यक्त हुन थालेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा प्रचण्डले फेरि प्रधानमन्त्रीसँग 'लेनदेन गरेर सहमति गर्ने' आशङ्का पनि पाइन्छ।

तस्बिर स्रोत, RSS
किनभने उनीहरू ओलीलाई सके दुवै पद नभए एउटा पद छोड्न बाध्य पार्नुपर्ने पक्षमा देखिन्छन्।
प्रधानमन्त्री भने दुवै पद नछाड्ने अडानमा रहेको उनी र प्रचण्ड निकटहरू नै बताउँछन्।
'विभाजन टार्दै'
त्यसो गरिए पार्टी विभाजन हुने प्रधानमन्त्री निकटस्थहरूले खुला रूपमा बताउने गरेका छन्।
नेता गोकुल बाँस्कोटाले ट्वीट गरेका छन्, "स्टेकहाल्डर को हुन्? एमालेका ओली र माओवादीका पुष्पकमल हुन्। जसमध्ये एक निकालिए वा निक्लिए भने नेकपाको वैधता त्यसै पलदेखि सकिन्छ। किनभने दुवै अध्यक्ष थिए र छन्।"
प्रचण्ड निकटस्थ एक नेताका बुझाइमा प्रधानमन्त्रीले मलाई यही स्थायी समिति बैठकबाट कारवाही गरून् र छुट्टिऊँला भन्ने थियो।
ती नेताले आफ्नो ठम्याइ सुनाउँदै बीबीसीसँग भने, "तर दुई-चार महिना पार्टी विभाजन गर्न वा हुन नदिने नेताहरूको सोच देखियो, पार्टी फुटाएर जाने प्रधानमन्त्रीको बाटो रोकेको हो।"
उनका भनाइमा केन्द्रीय समिति बैठक डाकियो भने पनि बाढी, पहिरो, डुबान र महामारी अनि त्यस्तै परे चाडपर्वसम्म दुवै पक्षले समय पाउने छन्। र, विभाजनको सम्भावना हाललाई टर्नेछ।








