लाइभ, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनाई मारिएका पुष्टि, अमेरिका र इजरेलद्वारा इरानमा आक्रमण जारी

इरानमा अमेरिका र इजरेलले हवाई आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित कैयौँ इरानी अधिकारीहरूको मृत्यु भएको विवरण आएको छ।

सारांश

  • अमेरिका र इजरलेले गरेको हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ
  • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खामेनेईलाई "इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक"को सङ्ज्ञा दिँदै इरानीहरूलाई "आफ्नो देश फिर्ता लिन" आह्वान गरेका छन्
  • बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई स्रोतहरूले झन्डै ४० इरानी अधिकारीहरूको मृत्यु पनि अहिले भएका हवाई आक्रमणमा परेर मृत्यु भएको जानकारी दिएका छन्
  • इरानको इस्लामिक रेभलूशनरी गार्ड्सले अमेरिकी सेनाको आधारशिविरहरू र इजरेलविरुद्ध "अतिघातक आक्रमणको अभियान" सुरु गर्ने उद्घोष गरेको छ
  • अमेरिकी सैन्य शिविरहरू भएका वा अमेरिकाको साझेदार मानिएका मध्यपूर्वका दुबई, दोहा, बाहरेन र कुवेतमा इरानी पक्षले प्रत्याक्रमण गरेको विवरण आएको छ
  • इरानभरि २०० जनाभन्दा बढीको मृत्यु भएको रेड क्रेसन्टले जनाएको छ। अमेरिकी र इजरेली आक्रमणमा परेको एउटा कन्या विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको इरानी पक्षले जनाएको छ

लाइभ कभरेज

केशव कोइराला र गनी अन्सारी

  1. मध्यपूर्वमा लडाइँ हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

    Stranded passengers wait at Tribhuvan International Airport after all evening flights to Sharjah, Doha, Dubai, Kuwait City, Abu Dhabi, and Dammam were cancelled, following strikes on Iran launched by the United States and Israel, in Kathmandu, Nepal, February 28, 2026. REUTERS/Navesh Chitrakar

    तस्बिर स्रोत, Reuter

    तस्बिरको क्याप्शन, इरानमा अमेरिका र इजरेलले आक्रमण गरेपछि मध्यपूर्वका देशहरूतिर जान लागेका उडानहरू प्रभावित भएका छन्। काठमाण्डूबाट शारजहा, दोहा, दुबई, कुवेत सिटी र दम्माम जाने उडानहरू स्थगित भएपछि काठमाण्डूस्थित अन्तर्राष्ट्रि विमानस्थलमा यात्रुहरू शनिवार अन्योलमा परेका थिए

    मध्यपूर्वमा जारी तनावबीच काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयौँ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका वा उडानको समय हेरफेर भएको अधिकारीहरूले बताएका छन्।

    विमानस्थल कार्यालयले आइतवार एउटा सूचना जारी गर्दै उडानबारे अद्यावधिक जानकारी लिएर मात्र निस्कन यात्रुहरूलाई अनुरोध गरेको छ।

    “यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि विमान सेवा कम्पनीहरूसँग उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।

    “विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एअरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ।”

  2. खामेनेईको मृत्युबाट इरानको मार्ग फेरिन सक्छः रेजा पह्लवी

    रेजा पह्लवी

    तस्बिर स्रोत, AFP

    इरानका अन्तिम राजाका निर्वासित छोरा रेजा पह्लवीले एउटा विज्ञप्ति जारी गर्दै आयातोल्लाह अली खामेनेईको मृत्युको स्वागत गरेका छन्।

    इरानका पूर्वराजकुमारले इरानमा सरकारविरोधी प्रदर्शन चर्किएपछि त्यसको समर्थन गर्दै अमेरिकालाई इरानमा हस्तक्षेप गर्न अमेरिकालाई आह्वान गर्दै आएका थिए। उनी सन् १९७९ देखि अमेरिकामा बस्दै आएका छन्।

    वाशिङ्टन पोस्टमा प्रकाशित छुट्टै आलेखमा पह्लवीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। ट्रम्पले इरानी जनताहरूलाई "तपाईँहरूको स्वतन्त्रताको क्षण नजिकै आएको छ" भनेका थिए।

    उक्त आलेखमा उनले झन्डै आधा शताब्दीदेखि इरानको सत्ताले "छिमेकीहरूको सार्वभौमिकता कमजोर पार्दै, विश्वभरिका द्वन्द्व चर्काउँदै, परमाणुअस्त्र र ती प्रहार गर्ने लामो दूरीका क्षेप्यास्त्रको खोजी गर्दै आएको” टिप्पणी गरेका छन्।

    इस्लामिक गणतन्त्र इरानले सबैभन्दा "घृणास्पद अपराधहरू" स्वदेशमै गरेको भन्दै उनले गत ज्यानुअरीमा प्रदर्शनकारीहरूमाथि भएको दमनमा हजारौँ मानिस मारिएको उल्लेख गरेका छन्।

    उनले इरानमा अब नयाँ संविधान बनाएर जनमतसङ्ग्रहमार्फत’ अनुमोदन हुनुपर्ने, त्यसपछि "अन्तर्राष्ट्रिय निगरानी"मा स्वतन्त्र गरिनुपर्ने सुझाव दिएका छन्।

    "इतिहासले प्रायजसो आफ्नो मोड पहिला नै घोषणा गर्दैन। तर साहस, नेतृत्व र एकताले राष्ट्रहरूको मार्ग परिवर्तन गर्न सक्ने क्षणहरू आउँछन्," उनले लेखेका छन्।

  3. अब इरानको सत्ता कसले चलाउला

    अली खामेनेईको तस्बिर

    तस्बिर स्रोत, Reuters

    विगत ३७ वर्षदेखि इरानका सर्वोच्च नेता रहँदै आएका आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि अब इरानको सत्ता कसरी चल्छ भन्ने प्रश्न उठेको छ।

  4. इरान आक्रमणबारे थाहा भएका महत्त्वपूर्ण कुरा सङ्क्षेपमा

    • अमेरिका र इजरलेले गरेको हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ
    • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खामेनेईलाई "इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक"को सङ्ज्ञा दिँदै इरानीहरूलाई "आफ्नो देश फिर्ता लिन" आह्वान गरेका छन्
    • बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई स्रोतहरूले झन्डै ४० इरानी अधिकारीहरूको पनि अहिले भएका हवाई आक्रमणमा परेर मृत्यु भएको जानकारी दिएका छन्
    • इरानको इस्लामिक रेभलूशनरी गार्ड्सले अमेरिकी सेनाको आधारशिविरहरू र इजरेलविरुद्ध "अतिघातक आक्रमणको अभियान" सुरु गर्ने उद्घोष गरेको छ
    • अमेरिकी सैन्य शिविरहरू भएका वा अमेरिकाको साझेदार मानिएका मध्यपूर्वका दुबई, दोहा, बाहरेन र कुवेतमा इरानी पक्षले प्रत्याक्रमण गरेको विवरण आएको छ
    • इरानभरि २०० जनाभन्दा बढीको मृत्यु भएको रेड क्रेसन्टले जनाएको छ। अमेरिकी र इजरेली आक्रमणमा परेको एउटा कन्या विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको इरानी पक्षले जनाएको छ
  5. बीबीसी न्यूज नेपालीको लाइभ पेजमा तपाईँलाई स्वागत छ

    नमस्कार। तपाईँलाई बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा स्वागत छ।

    अमेरिका र इजरेलले इरानमा हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा अहिले अशान्ति र अन्योलको वातावरण उत्पन्न भएको छ।

    आज हामी त्यसकै सेरोफेरोमा रहेर महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमसँग सम्बन्धित जानकारी यो लाइभ पेजबाट तपाईलाई गराउने छौँ।