फिफा विश्वकप कतार २०२२: कतारमा आयोजित फुटबल प्रतियोगिताको खेल र नतिजा तालिका

कतारमा नोभेम्बर २० मा आरम्भ भएको विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतवार फ्रान्स र आर्जेन्टिनाबीच भएको प्रतिस्पर्धामा पेनाल्टीका आधारमा आर्जेन्टिना विजयी भएको छ।

क्रोएशियालाई ३-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको आर्जेन्टिनाले मोरक्कोलाई २-० ले पराजित गरेर फाइनल पुगेको फ्रान्सको सामना गरेको थियो।

निर्धारित तथा अतिरिक्त समयमा पनि तीन-तीन गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा आर्जेन्टिनाले चार गोल गरेको थियो भने फ्रान्सले दुई गोल मात्र गर्न सफल भयो।

विश्वकपमा हालसम्म भएका खेलहरूको नतिजा, आगामी खेलहरूको समय तालिका र स्कोर तपाईँ हाम्रो यो पेजमा हेर्न सक्नुहुनेछ।

कुल ३२ राष्ट्र सहभागी भएको विश्वकप फुटबल प्रतियोगिता २८ औँ दिनमा समापन हुनेछ।

पूरै प्रतियोगितामा ६४ वटा खेल हुनेछन्।

विश्वकप २०२२ मध्यपूर्वी एशियाले आयोजना गरेको पहिलो विश्वकप हो भने एशियाली देशमा भएको दोस्रो आयोजना हो।

यसअघि जापान र दक्षिण कोरियाले सन् २००२ को विश्वकप संयुक्त रूपमा आयोजना गरेका थिए।

सन् १९३० मा युरुग्वेबाट विश्वकप सुरु भएको हो। विश्वकप प्रतियोगिता आयोजनाको यो २२औँ संस्करण हो।

यसपछि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडा मिलेर गर्न लागेका छन्।