तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फाइनल पुगेको फ्रान्सलाई ६० वर्षमा विश्वकप उपाधि दोहोर्याउने अवसर
फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ। उपाधि उचाल्ने पहिलो अफ्रिकी देश बन्ने आशामा अगाडि बढेको मोरक्कोविरूद्ध उक्त युरोपेली देशले २-० को जित हासिल गरेको हो।
उसका लागि थिओ हर्नान्डेज र रन्डाल कोलो मुआनीले गोल गरेका थिए।
मोरक्कोले लगातार विश्वकपको ट्रफी दोहोर्याउने गरी अगाडि बढेको फ्रान्सलाई रोक्नका लागि आक्रामक खेल प्रदर्शन गरेको थियो।
खेल समाप्त भएको जनाउ दिने सीटी बजाइँदा त्यहाँ उपस्थित दर्शकहरूले मोरक्कोका खेलाडी र प्रशिक्षकहरूका लागि लामो सम्मान दर्शाएका थिए।
दुर्लभ अवसर
आइतवार लुसैल रङ्गशालामा आर्जेन्टिनासँग फाइनल खेल्ने फ्रान्स ६० वर्षपछि पुरुषतर्फको विश्वकपको उपाधि दोहोर्याउने पहिलो राष्ट्र बन्न सक्छ।
यसअघि सन् १९५८ र सन् १९६२ को विश्वकप लगातार ब्रजिलले जितेको थियो।
बुधवार हरेक पटक बल आफ्नो नियन्त्रणमा राख्दा मोरक्को समर्थकहरूबाट आएका लगातारका हुटिङबीच फ्रान्सले निकै सङ्गठित प्रदर्शन गर्दै कतारमा जारी विश्वकप टुङ्ग्याउने अर्को फुटबल शक्तिसँगको आफ्नो फाइनल खेल सुनिश्चित गरेको हो।
एम्बाप्पेविरूद्ध मेस्सीको रूपमा हेरिएको आमधारणा आइतवारको खेलमा उत्कर्षमा पुग्नेछ जतिखेर फ्रान्सले सन् २०१८ को मस्को विश्वकपमा क्रोएशियालाई फाइनलमा हराएझैँ इतिहास दोहोर्याउन खोज्नेछ।
फ्रान्सका दिदिए देशाँ क्याप्टेन रहेको टोलीले सन् १९९८ मा आफ्नै देशमा आयोजित विश्वकपमा उपाधि उचालेको थियो।
कोचका रूपमा उनै ५४ वर्षीय देशाँले यतिखेर दुईवटा विश्वकप जिताउँदै इतिहास रच्ने अवसर पाएका छन्।