मेस्सी र आल्भारेसको शानदार प्रदर्शनसँगै आर्जेन्टिना छैटौँ पटक विश्वकप फाइनलमा

लियोनेल मेस्सीको जादुमयी प्रदर्शनसाथ लुसैल रङ्गशालामा क्रोएशियामाथि जित हासिल गरेसँगै आर्जेन्टिना छैटौँ पटक विश्वकपको फाइनलमा पुगेको छ। 

आर्जेन्टिनाले क्रोएसियालाई ३-० ले जितेको हो। 

ट्रफीहरूले भरिएको करिअरमाझ मेस्सीले अब विश्वकप जित्ने एउटा अन्तिम अवसर पाएका छन् भने म्यान्चेस्टर सीटी फुटबल क्लबका स्ट्राइकर समेत रहेका जुलिअन आल्भारेस शानदार रूपमा देखा परेका छन्।

मेस्सीसामु अब सन् २०१४ को ब्रजिल विश्वकपको फाइनलमा जर्मनीसँग हारेको तितो निराशालाई सच्याउने अवसर आएको छ। 

बुधवार दोस्रो सेमिफाइनलका लागि फ्रान्स र मोरक्कोबीचको खेल हुँदैछ। र उक्त खेलको विजेतासँग अर्जेन्टिनाको भेट आइतबारको फाइनलमा हुनेछ। 

मेस्सीको अन्तिम अवसर

सुरुवातमा मेस्सी आफ्नो तिघ्राको मांसपेशी समस्यासँग सङ्घर्ष गरेको देखिए तापनि पछि तङ्ग्रँदै ३४ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। 

आधा खेल सकिँदासम्म क्रोएशिया स्ट्राइकर जुलिअन आल्भारेसको लयसँग जुझ्न सकेन जसले पाँच मिनेट लगत्तै आर्जेन्टिनाको अग्रतालाई दोबर पारे। 

अल्भारेजले दोस्रो हाफमा मेसीको शानदार पासका सहायताले पुनः गोल गरे। 

तर जब विश्वकपको सेमी फाइनलको १९ मिनेटमा मेस्सीले आफ्नो बायाँखुट्टामा तिघ्राको मांसपेशीको माथिल्लो भाग तन्काएको र समातेको देखिएको थियो त्यो अर्जेन्टिना र उसका १० नम्बरका प्रतिष्ठित खेलाडीका लागि खराब सपनाजस्तो लाग्ने अन्त्य हुने त होइन चिन्ता उत्पन्न भएको थियो। 

तर तत्काल उनी तङ्ग्रँदै आर्जेन्टिनालाई लयमा ल्याउँदै सन् १९७८ र सन् १९८६ पछिको तेस्रो विश्वकप जित्ने प्रयासमा अगाडी बढाए। 

कतारमा जारी विश्वकपमा सुरुवाती खेलमा अर्जेन्टिना साउदी अरबसँग २-१ ले पराजित भएको पछिल्लो विगतलाई लिएर धेरै अझै आश्चर्यचकित छन्। 

सन् १९९० मा त्यसैगरी आर्जेन्टिना क्यामेरुनसँग आफ्नो पहिलो खेलमा पराजित हुँदै फाइनलमा पुगेको थियो जतिबेला ऊ पश्चिम जर्मनीसँग १-० ले पराजित भएको थियो। 

र विश्वकप उत्कर्षमा पुगिरहँदा यतिखेर उनीहरूसामु अर्को एउटा अवसर आएको छ। 

जहाँ मेस्सीले समेत आफ्नो अन्तिम विश्वकप प्रतिस्पर्धामा उपाधी दाबी गर्न सक्नेछन्। 

मेस्सी सबैको मनमा थिए र उनी हरेक गोलमा संलग्न भए तर कतारमा आल्भारेसले आफ्नो गज्जबको भविष्य रहेको देखाए।