नेपाल निर्वाचन: चुनाव जितेमा गर्ने भनेर दलहरूले घोषणापत्रमा के के वाचा गरेका छन्?

आगामी साता हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट मागिरहेका राजनीतिक दलहरूले चुनावपछि के गर्ने र के नगर्ने वाचा गरेका छन्। तपाईँलाई तीबारे थाहा छ?

राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो दल सरकारमा पुगेको अवस्थामा गर्ने कामहरूको प्रतिबद्धता घोषणापत्रको रूपमा चुनाव अघि सार्वजनिक गर्ने प्रचलन छ।

दल र उम्मेदवारहरू आफूले गर्ने कामको वाचा हेरेर मतदाताले आफ्नो भोटबारे निर्णय लिने विश्वास गर्छन्।

तर नेपालको सन्दर्भमा चुनावी प्रतिबद्धता हेरेर मत दिने प्रचलन कम रहेको विश्लेषकहरू बताउँछन्।

त्यसो त दलहरूमाथि पनि निर्वाचन अघि गरेका वाचा सरकारमा पुगेपछि बिर्सने गरेको आरोप छ।

हामीले नेपालका प्रमुख राजनीतिक दलहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, अर्थतन्त्र, महिला र युवा तथा रोजगारी लगायतका विषयमा जनाएका प्रतिबद्धतालाई यहाँ तुलनात्मक रूपमा प्रस्तुत गरेका छौँ।

अघिल्लो संसद्का तीन प्रमुख राजनीतिक दल र राप्रपाको चुनावी घोषणापत्रलाई यसमा समेटिएको छ। यी दलहरू मुख्यत: दुईवटा स्पष्ट भिन्न गठबन्धमा बाँडिएर चुनाव लड्दैछन्।

ढिलो गरी सार्वजनिक भएका पार्टीहरूको घोषणापत्र यसमा समेट्न असमर्थ भएका छौँ।