कोभिड नेपालः काठमाण्डू उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

तस्बिर स्रोत, RSS
कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि भन्दै काठमाण्डू उपत्यकामा अझ १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीले सिफारिस गरेको छ।
डीसीसीएमसीमा काठमाण्डू उपत्यकाका नगरपालिकाका प्रमुख र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी समाविष्ट छन्।
सोमवार डीसीसीएमसीको बैठक बसेको थियो।
पुन: १५ दिन काठमाण्डू उपत्यकामा निषेधाज्ञा थप गर्न डीसीसीएमसीले सिफारिस गरेको काठमाण्डू जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
पराजुलीका अनुसार डीसीसीएमसीको सिफारिसबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्णय गर्नेछ।
कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो।
पछि त्यसलाई कडा बनाउँदै एक हप्ता थपेर वैशाख मसान्तसम्मका लागि बढाइएको थियो।
निषेधाज्ञाका ११ दिनमा लगभग ८२ हजार सङ्क्रमित थपिएका छन् भने ५०९ जनाको मृत्यु भएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









