तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः थप १४७ जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु
विगत २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,२४१ पुगेको छ।
सङ्क्रमितहरूमध्ये १२,८४० जना अर्थात् ७०.३९ प्रतिशत व्यक्ति भाइरसमुक्त भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। उनका अनुसार विगत २४ घण्टामा १५६ जना निको भएको छन्।
अहिले सम्म ४३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणबाट मृत्यु भएको पुष्टि भएको छ।
अहिले सङ्क्रमण भएका कुल ५,३५८ जना देशभरि आइसोलेशनमा छन्।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
मङ्गलवार १५० जनामा सङ्क्रमण देखिएको र बुधवार १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो।
भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।
को हुन् सङ्क्रमित?
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये कञ्चनपुरका ३०, दैलेखका २४, पर्साका १७ र रूपन्देहीका ११ जना छन्।
काठमाण्डू उपत्यकामा सात जनामा पनि कोभिड-१९ पुष्टि भएको छ।
त्यसबाहेक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई भारतीय नागरिकमा पनि सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ३,४८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २०,०९८ छ।
अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।
तीनै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४,००० नाघेको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा