तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरसः सिङ्गापुरमा सङ्क्रमण निगरानी गर्न यस्तो उपकरण वितरण बाँड्न सुरु
सिङ्गापुरमा कोरोनाभाइरस सङ्क्रमणको गति नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि एउटा विशधेष उपकरण बाँड्न थालेको छ।
ट्रेसटुगेदर नाम दिइएको उक्त उपकरण सरकारले निर्माण गरेको कन्ट्याक्ट ट्रेसिङ मोबाइल एपको विकल्पका रूपमा बाँडिएको हो।
यो उपकरण मोबाइल फोन प्रयोग नगर्ने वा मोबाइल फोनमा सो एप राख्न नचाहने व्यक्तिहरूलाई लक्षित गरिएको छ।
कतिपयले यसबाट गोपनीयता कायम हुने वा नहुने भन्ने विषयमा प्रश्न उठाएका छन्।
कसरी काम गर्छ?
यो उपकरण पहिलो चरणमा जोखिममा रहेका तर पारिवारिक सहयोग कम पाउने वा नपाउने एवम् हिँडडुल गर्न नसक्ने वृद्धवृद्धालाई बाँडिएको छ।
ती प्रत्येक उपकरणका छुट्टाछुट्टै क्यूआर कोड रहेको छ र नौ महिनासम्म बिनाचार्ज चल्ने बताइएको छ।
त्यो उपकरणले ब्लूटूथको माध्यमबाट नजिकै रहेका अन्य यस्तै उपकरण वा मोबाइल एपसँग सम्पर्क राखेर काम गर्छ।
कोही सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेका रहेछन् भने यो उपकरणको तथ्याङ्कको आधारमा स्वास्थ्य अधिकारीहरूले जानकारी दिने बताइएको छ।
सङ्क्रमण पुष्टि भएपछि त्यो उपकरणका भएका तथ्याङ्कहरू सङ्कलन गरेर त्यसको आधारमा सम्पर्कमा आएका व्यक्तिहरूको जानकारी बटुलिने बताइएको छ।
के हुन् अन्य विशेषता?
मन्त्रीहरूले यो उपकरणले व्यक्तिको हिँडडुलका बारेमा तथ्याङ्क नबटुल्ने भएकाले गोपनीयताबारे उठेका प्रश्न उचित नभएको बताएका छन्।
सिङ्गापुर सरकारले यो उपकरणका तथ्याङ्क इन्क्रिप्टिड हुने र २५ दिनसम्म उपकरणका रहने बताएको छ।
ती तथ्याङ्क उपकरणबिना इन्टरनेटबाट सङ्कलन गर्न नसकिने बताइएको छ। यो उपकरणमा इन्टरनेट वा जीपीएस नरहेको बताइएको छ।
सिङ्गापुर सरकारका अनुसार यसको मोबाइल एप मार्च यता २१ लाख व्यक्तिले डाउनलोड गरिसकेको बताइएको छ।
अधिकारीहरूले लकडाउन खुकुलो पारेर आर्थिक गतिविधि खुला गर्न अझ धेरै मानिसले सो एप डाउनलोड गर्नुपर्ने वा उपकरण प्रयोग गर्नुपर्ने बताएका छन्।
ती उपकरण सिङ्गापुरस्थित पीसीआई कम्पनीले निर्माण गरेका हुन्। सो कम्पनीले यस्तो तीन लाख उपकरण निर्माण गर्नका लागि ४३ लाख अमेरिकी डलरका बोलकबोल गरेको बताइएको छ।
सिङ्गापुरमा आइतवार २१३ नयाँ सङ्क्रमण थपिएको छ र कुल सङ्क्रमितको सङ्ख्या ४३,४५९ पुगेको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा