कोरोना भाइरस भारत: एशियाकै सर्वाधिक सङ्क्रमण, एकै दिन ५,६०० जनामा कोभिड-१९ पुष्टि,

भारत

तस्बिर स्रोत, Getty Images

भारतमा एकै दिन ५,६०० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ। यो अहिलेसम्म दैनिक पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।

योसहित भारतमा सङ्क्रमितको कुल सङ्ख्या १,०६,००० नाघेको छ।

भारतमा एशियामै सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको छ।

मङ्गलवार अघिल्लो दिनको तथ्याङ्क आएपछि भारतले सङ्क्रमितको सङ्ख्यामा चीनलाई पनि उछिनेको थियो।

भारतको स्वास्थ्य मन्त्रालयका विगत २४ घण्टामा ५,६११ जनामा कोरोनाभाइरस पुष्टि भएको जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या १,०६,७५० पुगेको छ।

अहिले भारतमा ६१,००० भन्दा बढीमा व्यक्तिमा सक्रिय सङ्क्रमण छ।

उक्त अवधिमा १४० जनाको कोभिड-१९ कारण मृत्यु भएपछि मृतकको कुल सङ्ख्या ३,३०३ पुगेको छ। अहिलेसम्म झन्डै ४२,००० जना निको भएको बताइएको छ।

भारतमा एशियाकै सर्वाधिक सङ्ख्यामा कोभिड-१९. . .

भारतमा विगत आठ हप्तादेखि लकडाउन लगाइएको छ।

सरकारले हिँडडुल र व्यापार तथा व्यवसायमा लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो पार्न थालेको बेलामा सङ्क्रमणको दर बढेको देखिएको छ।

भारतमा अझै कोभिड-१९ महामारी उत्कर्षमा पुग्न बाँकी भएको विज्ञहरू बताउँछन्।

भारतको अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्सेजका निर्देशक डा. रणदीप गुलेरियाका अनुसार भारतमा सङ्क्रमण जुन-जुलाई महिनामा उत्कर्षमा पुग्नेछ।

भारत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतमा लकडाउनका कारण अलपत्र परेका लाखौँ मानिसहरू घर फर्किने प्रयासमा छन्

त्यति बेला भारतमा रुखाखोकीको प्रकोप पनि देखिन्छ।

तर केही विज्ञहरू राज्यअनुसार उत्कर्ष देखिने समय फरक पर्ने धारणा राख्छन्।

अहिले महाराष्ट्रमा सर्वाधिक अर्थात् देशभरि पुष्टि भएकामध्ये ४० प्रतिशत सङ्क्रमित फेला परेका छन् भने मृत्यु भएकामध्ये गुजरात राज्यमा ७० प्रतिशत छन्।

महाराष्ट्रपछि तमिलनाडु, गुजरात र दिल्लीमा क्रमश: सर्वाधिक सङ्क्रमित फेला परेका छन्।

भारतमा लकडाउनको अवधि बढाएर मे ३१ सम्म कायम गरिएको छ।

तर सोमवारदेखि केही आर्थिक गतिविधि सञ्चालन गर्न अनुमति दिइएकोले ठूला सहरमा मानिसहरूको चहलपहल देखिएको छ।

कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, नाङ्गो खुट्टा घर फर्किरहेका व्यक्तिलाई आफ्नो जुत्ता दिँदै पत्रकार
कोरोनाभाइरस ब्यानर