कोरोना भाइरस: विश्वभरि सङ्क्रमितको सङ्ख्या ३० लाखभन्दा बढी

तस्बिर स्रोत, Getty Images
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ।
विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ।
उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल, विश्वभरका सरकारी स्वास्थ्य विभागहरू, स्थानीय समाचार तथा स्वास्थ्यकर्मीहरूको ठूलो अनलाइन समुदायबाट तथ्याङ्कहरू लिने गरेको छ।
कोभिड-१९ का कारण हालसम्म २ लाख ८ हजार मानिसको ज्यान गइसकेको छ।
विश्वमा सबैभन्दा धेरै सङ्क्रमण अमेरिकामा देखिएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

डब्लूएचओको भनाइ
यसैबीच कोरोनाभाइरस सङ्क्रमण रोकथाममा लापरबाही गरेको आरोप लागेपछि डब्लूएचओका प्रमुखले सङ्गठनको बचाउ गरेका छन्।
महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले विश्वभरका सबै देशहरूले गत ज्यानुअरी महिनाको अन्तिममा 'सार्वजनिक स्वास्थ्य सङ्कटकाल' घोषणा गरिएका बेला सुन्नुपर्ने थियो भनेका छन्।

तस्बिर स्रोत, Getty Images
त्यसबेला चीन बाहिर जम्मा ८२ वटा मात्र सङ्क्रमण भेटिएका थिए र कसैको पनि मृत्यु भएको थिएन।
उनले सञ्चारकर्मीसँग भने, "विश्वले त्यसबेला डब्लूएचओलाई ध्यानपूर्वक सुन्नुपर्थ्यो।"
"हामीले सबैलाई जनस्वास्थ्यबारे एउटा व्यापक दृष्टिकोण बनाउन सल्लाह दिएका थियौँ र हामीले भनेका थियौँ- 'खोजी, परीक्षण, आइशोलेसन गर्नुहोस्'। जुन देशले त्यसको पालना गरेन आज उनीहरू अन्यको तुलनामा राम्रो अवस्थामा छन् भन्ने कुरा तपाईं आफैँ हेर्नसक्नुहुन्छ।"
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले पाउने अमेरिकी आर्थिक सहायता रोकिदिएका छन्।
उनले डब्लूएचओले कोरोनाभाइरसलाई लिएर लापरबाही गरेको र भाइरस फैलिएको कुरालाई लुकाएको आरोप लगाएका छन्।








