तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरसः अमेरिकामा हालसम्मकै धेरै मानिसद्वारा बेरोजगारी सुविधा माग
अमेरिकामा झण्डै ३३ लाख मानिसले बेरोजगारहरूले पाउने सुविधाका लागि गत साता आवेदन दिएका छन्।
यो सङ्ख्या अमेरिकामा अभिलेख राख्न थालिएयताकै सबैभन्दा उच्च हो।
कोरोनाभाइरसले अमेरिकी अर्थतन्त्रलाई पारेको मार जान्ने यो सबैभन्दा पछिल्लो सूचक हो।
अमेरिकामा राष्ट्रपतीय चुनाव हुने वर्ष देखिएको यो सङ्ख्या अर्थशास्त्रीहरूले प्रक्षेपण गरेभन्दा निकै धेरै हो।
र, यो सङ्ख्या यसअघिको उच्चतम विवरणभन्दा चार गुणाभन्दा बढी हो।
असान्दर्भिक
अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने यस्तो उच्च तथ्याङ्कलाई "असान्दर्भिक" भन्दै ती पुन: काममा फर्कने श्रमिकहरू भएको बताए।
अर्थमन्त्री मनुसिनले बेरोगार भएकाहरूले भने केही साताभित्रै २० खर्ब डलरको आर्थिक प्याकेजबाट राहत पाउने बताए।
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर भन्छन्- यो विवरणले रातारात अमेरिकी अर्थतन्त्रको चिसोपन प्रतिबिम्बित गरिदिएको छ। अबको जाँच के खर्बौँ डलरको राहत प्याकेज यसका लागि पर्याप्त हुनेछ भन्ने हो।
तीन साताअघि भने बेरोगारीको तथ्याङ्क दुई लाख थियो।
यसअघि सन् १९८२ मा सबैभन्दा उच्च झण्डै सात लाख मानिसले आफूलाई बेरोगार दाबी गरेका थिए।
स्पेनमा धेरै मृत्यु
स्पेनमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या चार हजार नाघेको छ।
विगत २४ घण्टामा ६५५ जनाको ज्यान गएसँगै कुल मृतकको सङ्ख्या ४,०८९ पुगेको हो।
कोभिड-१९ रोगबाट मृत्यु हुने मानिसहरूको पछिल्लो सङ्ख्या बुधवारको भन्दा केही कम हो।
- के हुन्छ? सङ्रकमण भएपछि शरीरमा यस्तो हुन्छ
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
बुधवार त्यहाँ मृत्यु हुने मानिसको सङ्ख्या ७८३ थियो। सङ्क्रमित हुनेहरूको सङ्ख्या ५६,१८८ रहेको छ।
सबैभन्दा नराम्ररी मड्रिड प्रभावित भएको छ जहाँ कुल सङ्क्रमितमध्ये एक तिहाइ बिरामी छन्।
क्याटलोनियामा पनि सङ्क्रमित हुनेहरूको सङ्ख्यामा ठूलो वृद्धि देखिएको छ। त्यहाँ ११,५९२ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।
गत राति स्पेनले सङ्क्रमण नियन्त्रणको प्रयासस्वरूप राष्ट्रिय आपत्कालको समय एप्रिल १२ सम्म लम्ब्याएको थियो।