तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस जोखिम रोकथाममा चुनौतीका चाङ
कोरोनाभाइरसको उच्च जोखिममा नेपाल पनि रहेको बताइएपनि उक्त सङ्क्रमणको रोकथामका लागि पूर्वतयारीमा चुनौती देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।
स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख सागर दाहालका अनुसार सरकारले पूर्वतयारीका लागि देखिएका जटिलता अध्ययन गर्ने क्रम जारी रहेको छ।
उनले भने, ''कोरोनाभाइरसको सङ्क्रमणको सम्भावित स्वरूप, सर्ने गति लगायतका विविध पक्षबारेमा अध्ययनपछि मात्र पूर्वतयारीका आधार तय हुनेछ।''
हालसम्म चीन, थाइल्याण्ड, मलेशिया, सिङ्गापुर र दक्षिण कोरियाबाट आउने यात्रु तथा पर्यटकको परीक्षण गरिँदै आइएपनि अब भने जापान, इटली र इरानबाट आउनेहरूको पनि परीक्षण सुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि