तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तटस्थ भूमि थिम्पुमा नेपाल एक गोलले पराजित
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग १-० ले पराजित भएको छ।
यसअघि कुवेतमा खेलिएको पहिलो लेगमा नेपाल ७-० गोल अन्तरले पराजित हुन पुगेको थियो।
'होम एन्ड अवे' अर्थात् दुवै देशमा पालैपालो खेल्नु पर्ने नियम अनुसार दोस्रो खेल काठमान्डूको दशरथ रंगशालामा हुनुपर्ने थियो।
तर एसियाली फुटबल महासंघका प्रतिनिधिहरूले गरेको सर्वेक्षणले काठमान्डूको रंगशाला तयार नभएको प्रतिवेदन दिएपछि खेलस्थल सारिएको थियो।
त्यसपछि कुवेतले उनीहरूको वातावरण सुहाँउदो देश कतारमा खेल आयोजना गर्न अखिल नेपाल फुटबल संघ एन्फासँग पहल थालेको थियो।
तर एन्फाले नेपालको वातावरणसँग मिल्दो भुटानमा खेल्न रोजेपछि थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा खेल भएको हो।
नतिजा
त्यहाँ नेपालले १ -० को नतिजामा खेल टुङ्गयायो।
कुवेतका तर्फबाट खेलको २८ औँ मिनेटमा कप्तान बदर अल मतवाले गोल गरेका हुन्।
नेपालले पनि केही राम्रा गोलका अवसरहरू पाएको थियो। तर सुजल श्रेष्ठ र अभिषेक रिजालले त्यसको सदुपयोग गर्न सकेनन्।
विमल घर्तिमगर अनुशासनको कारबाहीमा पर्दै भुटान जानबाट वञ्चित भएपछि अभिषेक रिजालले अग्रपङ्तिको जिम्मेवारी सम्हालेका हुन्।
घर्तिमगर सहित बन्द प्रशिक्षणमा रहेका चार खेलाडी क्याम्प छोडेर राती डिस्कोमा गएको प्रमाणित भएपछि उनीहरुलाई प्रशिक्षकले टिमबाट निकालिदिएका थिए।
यसरी टिमबाट निकालिएकामा घर्तिमगरसहित चाइनिज ताइपेई विरुद्ध २ गोल गरेका अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ रहेका छन्।
विश्वकप छनोटमा कुवेत ,अष्ट्रेलिया र चाइनिज ताइपेईको समूहमा रहेको नेपालले अब दुई खेल खेल्न बाँकी छ।
ती दुवै खेल काठमान्डूको दशरथ रंगशालामा हुनेछन्।