तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जहाँ बलात्कार र हत्या ‘राष्ट्रिय सङ्कट’ बनेको छ
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्ना देशका सबै पुरुषलाई महिलामाथि हुने हिंसाको, उनकै शब्दमा, राष्ट्रिय सङ्कटविरुद्ध एकजुट हुन अपिल गरेका छन्।
महिलाहरू निरन्तर बलात्कार र हत्याको सिकार भइरहेकाले अब लैङ्गिक हिंसा अन्त्य गर्ने समय आएको उनले बताए।
भावपूर्ण अपिल
सत्तारुढ अफ्रिकन न्यासनल कंग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा राष्ट्रपति रामाफोसाले एक भावपूर्ण अपिल गरे।
दक्षिण अफ्रिकामा हरेक वर्ष बलात्कारका ४० हजार घटना दर्ता हुन्छन्।
वास्तविक सङ्ख्या त अझै धेरै भएको ठानिन्छ।
दशौँ हजार समर्थकले खचाखच भरिएको डर्बान रङ्गशालामा उपस्थित सबै पुरुषलाई राष्ट्रपति रामाफोसाले उभिन आग्रह गरे र हिंसाविरुद्ध उनीहरूको निन्दा प्रस्तुत गर्न आग्रह गरे।
समाजमा महिलाको स्थानबारे देशले धेरै प्रगति गरेको भएतापनि हिंसा एक राष्ट्रिय सङ्कट बनेको उनले बताए।
दक्षिण अफ्रिकी किशोरी र महिलालाई शान्तिपूर्ण अनि इमान र सुरक्षाका साथ बाँच्न दिन उक्त स्थितिको अन्त्य गर्नै पर्ने उनले बताए।