तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कपडा भाडामा लिएर विवाह गरेका दुलाहाहरू
“कसलाई थाहा हुन्छ र भाडामा लिएर लगाएको हो कि के हो भनेर! विवाहको बेला मात्र काम लाग्ने चिज हो त्यो। अरू बेला बाहिर जाँदा लगाउने कुरा भएन।”
भाडाको लुगा लगाएर हालसालै विवाह गरेका सबिन भुर्तेलले बीबीसी न्यूज नेपालीसँग भने।
अर्का नव विवाहित नीराजन चित्रकारले पनि धेरै कुरा सोच विचार गरेर बेहुला बन्दा भाडाको लुगा लगाउने निर्णय गरेका थिए। उनले भने, “विवाह भनेको दुई व्यक्तिबीचको कुरा हो। त्यही भएर धेरै तडक भडक गरेर पैसा खर्च गर्नुभन्दा लुगाबाट बचेको पैसा मैले सामाजिक कल्याणमा लगाउने विचार गरेको छु।”
भाडाको लुगा लगाएर विवाह गरेर आफूहरूले पुरानो परम्परालाई परिवर्तन गरेको उनीहरूलाई लाग्छ।
तीन हजार रुपैयाँमा दुलाहाको पूरा सेट उपलब्ध गराउने गरेको भन्दै 'कपडा रेन्ट'का समुन्द्रराज अर्याल हरेक व्यक्तिले लुगा प्रयोग गरेपछि ड्राईक्लिनमा पठाउने गरेको र दाग र गन्ध सबै हटाउने गरेको बताउँछन्।
हेर्नुहोस्, सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि: