नाना सिलाउने हजुरआमा

नवजात शिशुका लागि परम्परागत नेपाली लुगा सिलाउने व्यवसायमा वि.सं. २०३२ देखि ८१ वर्षीया महिला उद्यमी इन्दिरा सापकोटा अझै सक्रिय छिन्।

सापकोटाको जीवनले लगन र परिश्रम गरे जे पनि सम्भव छ भन्ने प्रेरणा दिन्छ।

एउटा भोटो सिलाएर काम सुरु गरेकी उनले निरन्तर ४८ वर्षदेखि शिशुका लुगा बनाउने व्यवसाय गरिरहिन् र उनी सफल महिला उद्यमीको उदाहरण बनिन्।

हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ -