नाना सिलाउने हजुरआमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, नाना सिलाउने हजुरआमा
Published

नवजात शिशुका लागि परम्परागत नेपाली लुगा सिलाउने व्यवसायमा वि.सं. २०३२ देखि ८१ वर्षीया महिला उद्यमी इन्दिरा सापकोटा अझै सक्रिय छिन्।

सापकोटाको जीवनले लगन र परिश्रम गरे जे पनि सम्भव छ भन्ने प्रेरणा दिन्छ।

एउटा भोटो सिलाएर काम सुरु गरेकी उनले निरन्तर ४८ वर्षदेखि शिशुका लुगा बनाउने व्यवसाय गरिरहिन् र उनी सफल महिला उद्यमीको उदाहरण बनिन्।

हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ -