एमजनका अवैध खानीहरूमा सुनका निम्ति देहव्यापार
ब्रजिलको एमजन वर्षावनको भित्री भागमा खानीहरूबाट निकालिने सुनका निम्ति यौनको व्यापार गरिन्छ।
यहाँका महिलाहरूको जीवनलाई 'ग्यारिम्पोस' भनिने अवैध सुनखानीहरू तथा यौसँगै मौलाएका वेश्यालयहरूले आकार दिन्छन्।
केहीका निम्ति यो बाँच्ने आधार हो भने अन्यका निम्ति दु:खको स्रोत हो।
बीबीसी १०० विमिन र बीबीसी ब्रजिलले अभूतपूर्व र निकट पहुँचका साथ यो खतरनाक जालोमा फसेका तीनजना त्यस्ता महिलाको गोप्य जीवनलाई उजागर गरेको छ, जसले सुन्दर भविष्यको सपनाका निम्ति खानीमा हुने हिंसाको जोखिम लिइराखेका छन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



