विमान दुर्घटनाबारे रुसमाथि दवाव

पूर्वी युक्रेनमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष वरपरबाट शबहरु निकाल्दै उद्दारकर्ताहरु

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पूर्वी युक्रेनमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष वरपरबाट शबहरु निकाल्दै उद्दारकर्ताहरु

पश्चिमा मुलुकहरुले मस्कोले युक्रेनका रुस समर्थक विद्रोहीहरुमाथि दवाव दिएर मलेसियन एअरलाइन्स दुर्घटनाग्रस्त क्षेत्रमा पूर्ण पहुँच दिन सहयोग गर्नुपर्ने माग गरिरहेका छन्।

पूर्वी युक्रेनको विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्कबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण मलेसियन एअरलाइन्सको आमस्टरडमबाट क्वालालम्पुर गइरहेको एमएच १७ फ्लाइट गत विहिबार दुर्घटनाग्रस्त भएको थियो।

जहाजमा झण्डै दुइसय जना डच नागरिक सवार थिए।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न चाहन्छन् भन्ने देखाउन अन्तिम मौका रहेको बताएका छन्।

रुसले पश्चिमलाई रुस विरुद्ध सूचनाको युद्ध छेडेको आरोप लगाएको छ।

आरोप

दुर्घटना क्षेत्र नियन्त्रणमा लिइरहेका रुस समर्थक विद्रोहीहरुले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको आवागमन पनि नियन्त्रण गरेका छन्।

युक्रेन र रुस समर्थक विद्रोहीहरुले एक अर्कालाई बोइङ ७७७ माथि प्रहार गरेको आरोप लगाएका छन्।

उक्त क्षेत्रमा पुगेका बीबीसी संवाददाताहरु भन्छन्, शवहरु यता उता सारिएका छन्।

मस्को समर्थक पृथकतावादीहरुले उक्त क्षेत्र नियन्त्रणमा लिएका छन् तर दुर्घटनास्थललाई सुरक्षा भने कसैले दिएको छैन।

एकजना संवाददाता भन्छन् शुरुमा सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिहरुले स्ट्रेचर र प्लास्टिक ब्यागहरुमा शबहरु हटाएको देखियो।

दुर्घटनस्थलको नियन्त्रण साधारण लुगा लगाएका विद्रोहीहरुको नियन्त्रणमा छ

तस्बिर स्रोत, AP

तस्बिरको क्याप्शन, दुर्घटनस्थलको नियन्त्रण साधारण लुगा लगाएका विद्रोहीहरुको नियन्त्रणमा छ
रुस समर्थक सशस्त्र पृथकतावादीहरु विमान दुर्घटनास्थलमा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुस समर्थक सशस्त्र पृथकतावादीहरु विमान दुर्घटनास्थलमा
कियभस्थित डच दुतावासमा मृतकहरुको संझनामा चढाइएका फूल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कियभस्थित डच दुतावासमा मृतकहरुको संझनामा चढाइएका फूल
मलेलसियाली विमान दुर्घटनास्थलमा मृतकहरुका लागि अर्पित फुल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मलेलसियाली विमान दुर्घटनास्थलमा मृतकहरुका लागि अर्पित फुल

उनका अनुसार पछि भने त्यो काम सर्वसाधारण स्वयंसेवकहरुले गरेर शवहरु सडक छेउ पुर्याएका थिए।

अस्वीकार

उक्त क्षेत्र पुगेका हाम्रा संवाददाता रिचर्ड ग्याप्लीन भन्छन् विद्रोहीहरुले विमान खसालेको अस्वीकार गरेका छन् र फ्लाइट रेकर्डर ब्ल्याकबक्स पनि आफुहरुले नपाएको बताएका छन्।

विमानमा सवार सबै २९८ यात्रु मारिएका थिए।

मलेसियन एअरलाइन्सले सार्वजनिक गरेको यात्रू सूचि अनुसार १९३ डच नागरिक १५ जना चालकदलका सदस्य सहित ४३ जना मलेसियालीहरु २७ जना अष्ट्रेलियाली १२ जना इन्डोनेशियन १० जना ब्रीटीश चारजना जर्मन चारजना बेल्जियन र तीनजना फिलिपिनो तथा क्यानाडा र न्यूजील्याण्डबाट एक एक जना रहेका छन्।

आग्रह

संयुक्त राष्ट्र संघले दुर्घटनाको पूर्ण र स्वतन्त्र अनुसन्धानका लागि आग्रह गरेको छ।

युक्रेनले अन्तर्राष्ट्रिय अपराधको प्रमाणहरु विद्रोहीहरुले नस्ट गर्ने प्रयत्न गरेको आरोप लगाएको छ।

शनिबार डच प्रधानमन्त्री मार्क रुटेले एउटा प्रेस सम्मेलन गरेर भनेका छन्, "मैले राष्ट्रपति पुटीनसँग संघन फोन वार्ता गरेको छु। उनको नियत ठीक छ भन्ने संसारलाई देखाउने समय घर्किँदै गएको छ भनेको छु ।"

अब विद्रोहीहरुमा रहेको उनको प्रभाव प्रयोग गरेर संसारले अपेक्षा गरेको काम देखाउने बेला आएको छ भनेको छु।

दुर्घटना क्षेत्रमा रहेका बीबीसीका रिचार्ड ग्यालपीन भन्छन् उद्दारकर्ताहरुले शवहरु उठाइरहेको देखिएको छ तर तिनिहरु विद्रोही समर्थक हुन् या कियभ सरकारका कर्मचारी हुन् प्रष्ट भइसकेको छैन।

ब्रीटेन, जर्मनी, अमेरिका र अस्ट्रेलियाले पनि रुसमाथि दवाव बढाएका छन्।