तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चेल्सी: यूकेले रोमन अब्रामोभिचमाथि लगाएको प्रतिबन्धले क्लबको विक्री अवरुद्ध
रोमन अब्रामोभिचको चेल्सी क्लब बेच्ने प्रयास रुसी सत्तानिकट व्यापारीलाई यूके सरकारले प्रतिबन्ध लगाएपछि अवरुद्ध भएको छ।
यूके सरकारले युक्रेनमा रुसी हमलाको जवाफस्वरूप प्रतिबन्ध लगाएको हो।
ती रुसी मालिकले प्रतिबन्धको चर्चा संसद्मा उठेसँगै युरोपेली च्याम्पिअन क्लब विक्रीका लागि अघि सारेका थिए।
अब्रामोभिचका सम्पत्ति रोक्का गरिँदा चेल्सी समेत त्यसमा पर्छ जसको अर्थ उक्त क्लबले थप खेलका टिकेटहरू विक्री गर्न पाउँदैन।
त्यस्तो कदम अब्रामोभिचले चेल्सीबाट पैसा कमाउन नसकून् भन्ने मनसायले चालिएको छ।
सरकारले एउटा विशेष अनुमतिपत्र जारी गर्दै त्यसले कर्मचारीहरूले तलब पाउन सक्ने र टिकेट किनिसकेकाले खेलहरू हेर्न पाउने बताएको छ।
सीजनभरका लागि टिकेट किन्नेहरूले त्यसमा समेटिने खेलहरू हेर्न पाउनेछन् तर अब थप टिकेट विक्री हुने छैन।
क्लबको प्रवर्द्धनात्मक सामग्रीहरू विक्री गर्ने पसल समेत बन्द हुनेछन्।
विशेष अनुमतिपत्रमा व्यवस्था थप गर्ने विषयमा सरकारले आफू खुला रहेको जनाएको छ जसले क्लब विक्री गर्ने अनुमति दिनेछ।
त्यसो हुनका लागि रुसका धनीमध्ये एक अब्रामोभिचले कुनै पैसा पाउने छैनन्। उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट रहेको विश्वास गरिन्छ।
उनले यसअघि विक्रीबापत मुनाफा युद्धका पीडितलाई दान दिने बताएका थिए।
बुधवार २० पक्षले चेल्सी किन्नका लागि चासो देखाएका थिए। जसमध्ये ब्रिटिस व्यापारी निक क्यान्डी समेत छन्।
यूकेको संस्कृति, मिडिया र खेल मन्त्री नडिन डोरिजले आफ्नो सरकार उक्त क्लब 'बचाउन प्रतिबद्ध रहेको' बताएकी थिइन्।
उनले ट्वीट गरेकी छन्, "फुटबल क्लबहरू हाम्रा सांस्कृतिक सम्पत्ति र समुदायका आधार हुन्।"
"यसले केही अनिश्चितता ल्याउँछ भन्ने मलाई थाहा छ तर सरकारले लीग र क्लबहरूसँग सँगै काम गरेर लक्षितलाई समेत प्रतिबन्धको मार पर्नेगरी फुटबल खेल्ने काम जारी राख्न चाहन्छ।"
"हाम्रो जोड पुटिनको सत्तालाई चलाउन सघाउनेलाई उत्तरदायी बनाउनु हो।"
चेल्सीको लागि विशेष अनुमतिपत्रको अर्थ के हो?
- चेल्सीले आफ्ना कर्मचारीहरू, खेलाडी र प्रशिक्षकलाई तलब दिन सक्नेछ,
- उनीहरूले खेलस्थलबाट आउजाउ गर्न प्रत्येक खेलको लागि प्रत्येक टोलीलाई २० हजार पाउन्ड ननाघ्ने गरी 'यथोचित' खर्च दिन सक्नेछ,
- उनीहरूले घरेलु खेल खेलाउन प्रत्येक टोलीलाई पाँच लाख पाउन्ड ननाघ्ने गरी 'यथोचित' पैसा दिन सक्नेछ;
- सन् २०२२ मार्च १० अघि सीजनभरको वा व्यक्तिगत खेलका टिकेट किन्ने प्रशंसकहरूले खेलमा सहभागी हुन पाउनेछन्;
- अधिकारप्राप्त प्रसारकहरूले उक्त क्लब जोडिने जुनसुनै खेल प्रसारण गर्न पाउनेछन्।
द चेल्सी सपोटर्स ट्रस्टले सरकारलाई 'अनिश्चितता कम गर्न' र 'असरसम्बन्धी संवादमा' प्रशंसकहरूलाई समेत समेट्न आग्रह गरेको छ।
युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
- लाइभः के छ अहिलेको स्थिति?
- कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
- जेलेन्स्कीः हास्य कलाकार राष्ट्रपति जो नायकका रूपमा उदाएका छन्
- पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
- युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
- रुसबाटः ‘छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना
- इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
- नेपालीःयुक्रेनबाट अरू देश पुगेका नेपालीको कस्तो छ अवस्था