युक्रेन युद्धः 'संसारले यो देख्नुपर्छ' - युद्धक्षेत्रमा कार्यरत प्रसूति चिकित्सकको दैनिकी

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'संसारले यो देख्नुपर्छ': युद्धक्षेत्रमा कार्यरत प्रसूति चिकित्सकको दैनिकी

डा. युरी हेर्मन युक्रेनको खेअर्सनमा कार्यरत प्रसूति विशेषज्ञ हुन्। उक्त सहर रुसी आक्रमणको निसानामा परेको थियो र अहिले त्यहाँ रुसी सैनिकले नियन्त्रण कायम गरिसकेको समाचार आएको छ।

तर रुसले आक्रमण गर्न थालेपछि सङ्घर्ष चलिरहेको बेलामा पनि डा. हेर्मनले गर्भवती र सुत्केरी बेथा लागेका महिलालाई सहयोग गरिरहे।

आफू कार्यरत अस्पतालको भुइँतलामा भूमिगत बम शेल्टरनजिकै हुनेगरी उनले कामचलाउ प्रसूति वार्ड बनाए र त्यहाँ महिलाहरूलाई बच्चा जन्माउन सघाए।

यो उनको भिडिओ डायरी हो।

अनि यो पनि

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line