युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा
रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।
लाइभ कभरेज
युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य
रुसी आक्रमणले सर्वसाधारण निकास कार्य अवरुद्ध भएको युक्रेनको दाबी
युक्रेनको परमाणु केन्द्रमा रुसी कब्जापश्चात् पश्चिमा नेताहरूद्वारा रुसको निन्दा
रुसले युक्रेनमा आक्रमण गरेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र समेत निसानामा परेको छ।
युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यास्थित परमाणु केन्द्रस्थित एक भवनमा आगलागी भएपछि पश्चिमा नेताहरूले रुसले लापरवाहीपूर्ण कार्य गरिरहेको भन्दै निन्दा गरेका छन्।
आगलागी भएपनि त्यहाँ कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन्।
पुटिनसँग जर्मन चान्सलरले एक घण्टा लामो फोन वार्ता गर्दैतत्काल युद्ध रोक्न आह्वान गरेका छन्।
रुसद्वारा युक्रेनमा गरिएका आक्रमणबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।
आजका लागि यो लाइभ पेजबाट बिदा चाहन्छौँ। धन्यवाद।
जर्मन चान्सलरद्वारा पुटिनलाई युद्ध रोक्न आह्वान

तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन, युद्ध सुरु हुन अगाडि गत महिना पुटिन र सोल्जबीच प्रत्यक्ष कुराकानी भएको थियो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जले युद्ध रोक्न आग्रह गरेका छन्।
जर्मन सरकारका प्रवक्ताका अनुसार चान्सलर सोल्जले युक्रेनमा भइरहेको रुसी आक्रमण तत्काल बन्द गर्न आह्वान गरे।
साथै उनले पुटिनलाई लडाइँ चर्किएका ठाउँमा मानवीय सहयोगका निम्ति पहुँच स्थापित गर्न पनि आग्रह गरेको बताइएको छ।
एक घण्टा लामो कुराकानीमा दुवै नेताले थप कुराकानी गर्न सहमति जनाएको प्रवक्ताले बताएका छन्।
रुसले युक्रेनमा क्लस्टर बमको प्रयोग गरिरहेको छ – नेटो

तस्बिर स्रोत, Getty Images
उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन अतिक्रमणमा क्लस्टर बमको समेत प्रयोग गरेको प्रमाण रहेको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने,“हामीले क्लस्टर बम प्रयोग भएको देखेका छौँ। साथै अन्तर्राष्ट्रिय कानुन विपरीत हुने अन्य किसिमका अस्त्रको प्रयोग भएको पनि हामीले विवरण पाएका छौँ।”
उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा ‘उडान प्रतिबन्धित’ क्षेत्र लागु नगराउने भनेका छन्।
साथै त्यहाँ आफ्नो फौज पनि नपठाउने उनले बताए।
तर किएभलाई अरू तरिकाबाट मद्दत गर्ने उनले वाचा गरे।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल अतिक्रमण अन्त गर्न आह्वान गरेका छन्।
निरन्तर रुसी आक्रमण झेलिरहेको मारिउपोलका उपमेयर भन्छन् – सिरियामा जस्तै भयो

तस्बिर स्रोत, Reuters
एकोहोरो रुसी आक्रमण झेलिरहेको युक्रेनको बन्दरगाह सहर मारिउपोलका उपमेयरले त्यहाँ रुसी फौजले सिरियाली सहर एलेप्पोमा अपनाएको जस्तो तरिका अपनाइरहेको आरोप लगाएका छन्।
सेर्गेइ ओर्लोभले बीबीसीसँग बोल्दै रुसीहरूले त्यहाँ मानवीय सङ्कट पैदा गराएर घुँडा टेकाउन खोजेको बताए।
निरन्तर बमबारी गरिएको तथा अस्पताल र विद्यालयसमेत ध्वस्त पारिएको उनले बताए।
मारिउपोलमा लगातार तीन दिनदेखि पानी र बिजुली अवरुद्ध पारिएको छ।
अर्को दक्षिणी बन्दरगाह सहर माइकोलाइभको बाहिरि भेगमा पनि लडाइँ चर्किएको छ। सो सहर रुसी नियन्त्रणमा रहेको खेअरसन र ओडेसाको बीचमा पर्छ।
पूर्वउत्तरको खार्किभ अनि उत्तरको चेर्नीहिब सहरहरूमा पनि बमबारी जारी छ। बिहीवार चेर्नीहिबमा झन्डै ५० गैरसैनिक मारिएको त्यहाँका अधिकारीहरूले बताएका थिए।
‘परमाणु केन्द्रमा आगलागीपश्चात् फैलिएको छैन विकिरण’
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले युक्रेनमा एउटा परमाणु ऊर्जा केन्द्रमा भएको आक्रमण र आगलागीपश्चात् त्यहाँ विकिरण नफैलिएको जनाएको छ।
रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।
सो केन्द्र रुसी नियन्त्रणमा भएको बताइएको छ।
उक्त कार्यप्रति विश्व नेताहरूले रुसको निन्दा गरेका छन्।
सो घटनाबारे आईएईएका प्रमुख राफेल ग्रोसीले गरेको टिप्पणी यसप्रकार छ:
परमाणु केन्द्रमा आक्रमण: विश्व नेताहरूद्वारा रुसको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।
रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।
युक्रेनको आपत्कालीन सेवा निकायले आगो निभाएको थियो।
सो आगो परमाणु केन्द्रको परिसर बाहिर रहेको भवनमा लागेको थियो। पछि रुसी फौजले उक्त केन्द्र कब्जामा लिए।
यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले रुसको ‘लापरवाहपूर्ण’ हमलाले‘पूरै युरोपको सुरक्षाका प्रत्यक्ष खतरा’ आइपर्ने बताए।
अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोलाई उक्त केन्द्र वरपर सैन्य गतिविधि रोक्न भनेका छन्।
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले रुसबाट भइरहेका ‘भयानक’ हमला तत्काल रोकिनुपर्ने बताएका छन्।
ब्रेकिंग, रुसी हवाई आक्रमणमा ४७ जनाको मृत्यु
युक्रेनको चेर्निहिभ सहरको आवासीय क्षेत्रमा भएको रुसी हवाई आक्रमणमा मृत्यु हुने मानिसको सङ्ख्या ४७ पुगेको स्थानीय निकायले जनाएका छन्।
आक्रमण जारी रहेका कारण उद्धार कार्य स्थगित गरिएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ।
सो सहरमा रुसी आक्रमणमा अहिलेसम्म १४८ जनाको मृत्यु भएको बताइएको छ।
रुस र बेलारुसको सीमानजिकको सो सहरमा ३००,००० मानिसको बसोबास छ।
'संसारले यो देख्नुपर्छ': युद्धक्षेत्रमा कार्यरत प्रसूति चिकित्सकको दैनिकी
रुसी सेनाले परमाणु ऊर्जा केन्द्र कब्जा गर्योः युक्रेन
रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्।
"कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्," एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।
उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्।
रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।
स्वतन्त्र रुसी टीभीको प्रसारण बन्द
रुसको अन्तिममध्येको एक स्वतन्त्र सञ्चारमाध्यम टीभी रेनले आफ्नो प्रसारण अनिश्चितकालका लागि बन्द गरेको बताएको छ।
युक्रेन युद्धको समाचारका कारण टीभी रेन दबावमा आएको बताइएको छ।
रुसको दूरसञ्चार नियामकले यो साताको सुरुमै "उग्रपन्थलाई उक्साएको, रुसी नागरिकहरूलाई दुर्व्यवहार गरेको, शान्ति र सुरक्षामा व्यापक अवरोध ल्याएको र विरोध प्रदर्शनलाई प्रोत्साहित गरेको" आरोपमा टीभी रेनलाई प्रतिबन्ध लगाएको थियो।
बिहीवार सो टीभीले इन्टरनेटमा आफ्नो अन्तिम प्रसारण गरेको छ।
"युद्धलाई नाइँ भनौँ,"कर्मचारीहरू स्टुडियोबाट बाहिरिँदै गरेको दृश्यबीच एक संस्थापक नातालिया सिन्डेयेभाले भनिन्।
यसअघि रुसमा बीबीसीको प्रसारणलाई पनि नियन्त्रित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको थियो।
यो X पोस्ट छोड्नुहोस्X को सामग्रीलाई अनुमति छ?चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
विस्फोटपछि युक्रेनमा मालवाहक पानीजहाज डुब्यो

तस्बिर स्रोत, Getty Images
एउटा विस्फोटपछि युक्रेनको तटनजिक एउटा मालवाहक पानीजहाज डुबेको छ।
सो जहाजका मालिक रहेका इस्टोनियाका व्यक्तिले त्यसबारे जानकारी गराएका हुन्।
विस्फोट कसरी भयो भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन।
जहाजका मालिकले युक्रेनको स्थानीय राहत सेवाले चालकदलका दुई सदस्य र अन्य चार जनाको उद्धार गरेको पनि बताएका छन्।
उक्त जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो।
परमाणु ऊर्जा केन्द्रमा भएको आगलागीबारे थप जानकारी
युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाएको पुष्टि गरेको छ। त्यसबाट उक्त क्षेत्र र अन्यत्र पनि ठूलो राहत महसुस भएको छ।
शुक्रवार सबेरै युक्रेनले रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको जनाएको थियो।
ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको भए पनि तत्काल ननिभाइए आगो फैलिन सक्ने डर बढेको थियो।
युक्रेनी पक्षले पहिला आफूलाई त्यहाँ जान रोकिएको बताएको थियो।
तर बिहान ५ः२० बजे दमकलका कर्मचारीहरूले आगो निभाउन सुरु गरेका थिए।
युक्रेनको आपत्कालीन सेवाले एक घण्टाजतिमा आगो निभाइएको जानकारी सामाजिक सञ्जालमा दिएको छ।
ब्रेकिंग, 'परमाणु ऊर्जा केन्द्रमा आगो निभाइयो'
युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको छ।
सामाजिक सञ्जालमा लेख्दै स्टेट इमर्जन्सी सर्भिसले बिहान ६ः२० बजे जापोरिज्या परमाणु ऊर्जा केन्द्रको तालिम भवनमा लागेको आगो निभाइएको जानकारी दिएको हो।
उसका अनुसार उक्त आगलागीमा कोही पनि परेको छैन।
रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो।
युक्रेनका राष्ट्रपतिले परमाणु ऊर्जा केन्द्रको आगलागीबारे के भने

तस्बिर स्रोत, AFP/ Zaporizhzhia nuclear authority
युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले “तत्काल कदम चाल्न” विश्वलाई आग्रह गरिरहेका छन्।
“युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन्।
उनले अगाडि भनेका छन्,“युरोपेलीहरू जाग्नुहोस्। आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन्।”
जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन्।
यो X पोस्ट छोड्नुहोस्X को सामग्रीलाई अनुमति छ?चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
परमाणु ऊर्जा केन्द्रको सुरक्षा ‘सुनिश्चित’

तस्बिर स्रोत, AFP/ Zaporizhzhia nuclear authority
युक्रेनको जापोरिज्या क्षेत्रीय प्रशासनका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सुरक्षा “सुनिश्चित” गरिएको बताएका छन्।
आफूले ऊर्जा केन्द्रका निर्देशकसँग कुरा गरेको भन्दै एलेक्सान्डर स्त्रारुखले सुरक्षा सुनिश्चित गरिएको कुरामा आफूलाई आश्वस्त पारिएको फेसबुकमा लेखेका छन्।
“जेडएनपीपीका निर्देशकले परमाणु सुरक्षा सुनिश्चित गरिएको कुरामा मलाई आश्वस्त पारेका छन्,” उनले भने।
यसअघि युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा“सबै दिशाबाट हमला गरिरहेको”बताएका थिए।
स्थानीय अधिकारीहरूकाअनुसार रुसी आक्रमणका कारण परमाणु ऊर्जा केन्द्रमाआगलागी भएको छ।
बेलारुसी सेनालाई युक्रेन छिर्न आदेशः युक्रेनी सेना

तस्बिर स्रोत, Getty Images
बेलारुसले आफ्ना सेनालाई युक्रेनभित्र छिरेर लडाइँ गर्न बिहीवार आदेश दिएको युक्रेनी सेनाले जनाएको छ।
“बेलारुसको सैन्य युनिट कमान्डलाई सीमा कटेर युक्रेनभित्र छिर्न आदेश दिइएको छ,” युक्रेनी सेनाले एउटा फेसबुक पोस्टमा भनेको छ।
युक्रेनी सेनाका अनुसार रुसी फौजले क्षेप्यास्त्र हमलाका लागि बेलारुसी भूमिलाई प्रयोग गर्दै आएका छन्।
यसअघि बेलारुसी राष्ट्रपतिले युक्रेनसँग जोडिएको सीमामा सैन्य उपस्थिति दोबर पारिने बताएका थिए।
युक्रेनसँग सीमा जोडिएको बेलारुसको सत्तामाथि रुसको गहिरो प्रभाव रहेको बताइन्छ।
युद्धले महँगी बढाउने विश्व ब्याङ्कको चेतावनी

तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, फाइल तस्बिर विश्व ब्याङ्कका प्रमुखले युक्रेनमा जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बीबीसीलाई बताएका छन्।
युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि हुने देखिएको डेभिड मालपासले उल्लेख गरे।
रुसी आपूर्ति बन्द भएका कारण विश्वमा तेल र ग्यासको मूल्य बढ्ने चेतावनी पनि उनले दिए।
आगामी केही दिनभित्र विश्व ब्याङ्कले युक्रेनलाई लाखौँ डलर बराबरको सहायता प्याकेज उपलब्ध गराउने अपेक्षा गरिएको छ।
