निर्माण कला २०२१ मा पुरस्कृत उत्कृष्ट तस्बिरहरू

निर्माण कला विश्वव्यापी तस्बिर प्रतियोगितासन् २०२१ का सहभागी १०० भन्दा धेरै देशका फोटोग्राफरमध्ये दुई फोटोग्राफर उत्कृष्ट साबित भएका छन्।

भारतको नयाँ दिल्लीको लाइभ थ्रो हिस्ट्री शीर्षकको तलको तस्बिर खिचेका रहमान हुसैनले प्रतियोगितामा २० प्रतिशत दर्शकको मत प्राप्त गरेका छन्।

"मैले यो तस्बिर खिच्न डेढ घण्टा कुरेँ," हुसैनले भने।

"अचानक मैले एक वृद्धा देखेँ र जब उनी पानी नजिकै बसिन्, मैले यो तस्बिर खिचेँ।"

रुसी फोटोग्राफर मिखाइल प्रोस्कालोभले सेन्ट पिटर्सवर्गको लाख्ता सेन्टरको ड्रोनबाट खिचिएको तलको तस्बिरले निर्णायकहरूको मन जितेका थिए।

लाख्ता सेन्टर युरोपको सबैभन्दा अग्लो भवन हो।

अहिले एघारौँ वर्षमा चलिरहेको प्रतियोगितामा निर्माण उद्योगको सिर्जनात्मक कलाको प्रदर्शन गरिन्छ।

दुई विजयी फोटोग्राफर प्रत्येकले १,५०० युरोको नगद पुरस्कार जितेका छन्।

फाइनलमा पुगेका अन्य १० तस्बिरहरू निम्न छन्।

कीरील कोलोसोभ, रुस

पेड्रो साइज, स्पेन

जीना सोडेन, यूके

युलिया नेभ्स्काया, रुस

जोबेल गार्सिस्टो, दुबई

प्याटी जोन, नेदरल्यान्ड्स

आन्द्रेज बोचेन्स्की, तान्जानिया

डेसमन्ड चेन यू नू, मलेशिया

क्यामेलिया स्टाब, अमेरिका

रोबर्टो ब्यूनो, स्पेन

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छन्।