शताब्दी लामो प्रयासपछि अफ्रिकामा मलेरिया विरुद्धको खोप वितरण गर्न 'ऐतिहासिक अनुमति'

केन्यामा यी शिशुले सन् २०१९ को सेप्टेम्बरमा यो खोप पहिलो पटक लगाएका थिए

तस्बिर स्रोत, WHO

तस्बिरको क्याप्शन, केन्यामा यी शिशुले सन् २०१९ को सेप्टेम्बरमा यो खोप पहिलो पटक लगाएका थिए

धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ।

खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठूलो सङ्कटको रूपमा छ।

चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ।

लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ।

आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो।

परीक्षण

परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ।

ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको देखाएको थियो।

यस खोपले प्रत्येक १० जनामध्ये ४ जनालाई मलेरिया रोग लाग्नबाट जोगाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ।

यसले प्रभावकारी रूपमा काम गर्न चारवटा मात्रा लगाउनुपर्छ।

मलेरिया

तस्बिर स्रोत, BRIAN ONGORO

मलेरिया

तस्बिर स्रोत, WHO

पहिलो तीन मात्रा एक-एक महिनाको फरकमा पाँच, छ र सात महिनाका शिशुलाई दिइन्छ भने अन्तिम बुस्टर मात्रा १८ महिना आसपासमा आवश्यक पर्नेछ।

यसको व्यापक वितरणका लागि आर्थिक सहायताको पाटो भने अझै अस्पष्ट छ।

'ऐतिहासिक क्षण'

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई 'एउटा ऐतिहासिक क्षण' बताए।

उनले भने, "लामो प्रतीक्षा गरिएको बालबालिकाका लागि मलेरियाको खोप विज्ञान, बाल स्वास्थ्य र मलेरिया नियन्त्रणकै लागि लागि एउटा मुख्य उपलब्धि हो। यसले बर्सेनि दशौँ हजार मानिसको ज्यान बचाउनेछ।"

खोप

तस्बिर स्रोत, Getty Images

अहिलेसम्म मलेरिया गराउने परजीवीलाई मार्ने विषादीहरू र त्यसबाट बच्ने झुलजस्ता उपाय मात्र यस रोगबाट बच्न प्रयोग भइरहेका थिए।

तर अफ्रिकामा यसको त्रास उच्च छ जहाँ सन् २०१९ मा मात्र यसबाट २ लाख ६० हजार बालबालिकाले ज्यान गुमाएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोलियो सङ्क्रमणका अन्तिम पुस्ता