तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के अहिले मोहम्मद सलाह मेस्सी र रोनाल्डोभन्दा अब्बल हुन्?
लिभरपूलका फर्वार्ड मोहम्मद सलाह अहिलेको अवस्थामा "संसारका सबैभन्दा अब्बल खेलाडी"का रूपमा देखा परेका ब्ल्याकबर्न रोभर्सका पूर्व स्ट्राइकर र फुटबल विज्ञ क्रिस सटनले बताएका छन्।
सलाहले अक्टोबर ३ मा भएको खेलमा म्यान्चेष्टर सिटिका विरुद्ध गरेका चमत्कारपूर्ण प्रदर्शनलाई " प्रिमिअर लिग युगकै सबैभन्दा उत्तम गोल मध्येको एक" भनेर इङ्गल्याण्डका भूतपूर्व स्ट्राइकर एलन शिएररले प्रशंसा गरेका छन्।
२९ वर्षका मोहम्मद सलाहले यो सिजनको नौवटा खेलमा नौ गोल गरेका छन्।
सटन भन्छन्, "समयको यो कालखण्डमा उनी मेस्सी र रोनाल्डोभन्दा पनि अब्बल खेलिरहेका छन्।"
सेप्टेम्बरमा आफ्नो १०० औँ प्रिमिअरशिप गोल गरेका सलाहले म्यान्चेष्टर सिटिका विरुद्ध आफ्नो टोलीलाई अघि बढाउन आफ्नो सर्वोत्तम क्षमता प्रदर्शन गर्दै गोल गरेका थिए।
इजिप्टका ती स्ट्राइकरले दर्शक प्रभावित हुने गरी दौडेर स्याडियो मानेका निम्ति ओपनिङ्ग गोल गर्न सघाएका थिए तर फिल फोडेन र त्यसपछि केभिन ड ब्रोइनसँग ठोकिएर भएको गोलका कारण खेल बराबरी भएपछि सिटिले पनि एक अङ्क हासिल गर्न सकेको थियो।
'सबैभन्दा राम्रो'
सटनको विश्वासमा जुन एकैनासको प्रदर्शन मोहम्मद सलाहले गरिरहेका छन् त्यसैले नै उनलाई अहिलेको यो समयमा संसारको सबैभन्दा राम्रो खेलाडी भन्न सकिने तुल्याएको छ।
एनफिल्डबाट खेल्न नयाँ थप करारका बारेमा अझै निर्णय नगरिसकेका ती खेलाडीले नौ खेलमा नौ गोल गर्नुका अतिरिक्त अन्य तीनवटा गोल गर्नमा अरूलाई सघाएका पनि थिए।
चेल्सीबाट पनि कुनैबेला फर्वार्डका रूपमा खेलेका लिभरपूलका यी चर्चित खेलाडीले गत तीनवटा प्रिमिअर प्रतियोगिताहरूमा औसतामा प्रति सिजन २१ गोल गरेका छन्।
बीबीसी रेडिओ फाइभ लाइभको मन्डेनाइट क्लब कार्यक्रममा बोल्दै सटनले मोहम्मद सलाहले पछिल्ला केही सिजनमा उल्लेखनीय प्रदर्शन गर्दै आएकोमा जोड दिए।
उनी भन्छन्,"यो स्तरको खेलमा त्यसरी केही वर्षसम्म नै उत्कृष्ट प्रदर्शन गर्न जारी नै राख्न सक्नु नै उनी कति अब्बल छन् भनेर सावित गर्न पर्याप्त हुन्छ।"
सलाहसँग सन् २०१५ मा इटलीको फियोरेन्टिनाबाट खेलेका इङ्गल्याण्डका भूतपूर्व डिफेन्डर मिका रिचर्डस्ले पनि सटनको भनाइसँग सहमति जनाएका छन्।
"मैले केही वर्षअघि देखि नै भन्दै आएको कुरा हो- सलाह विश्वस्तरका खेलाडी हुन्।"