टोक्यो ओलिम्पिक्स: ६३ हजार मानिस बस्ने सानो देशले पहिलो पटक स्वर्ण पदक

फ्लोरा डफी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फ्लोरा डफी
पढ्ने समय: २ मिनेट

ट्रायाथ्लन खेलमा फ्लोरा डफीको जितसँगै जम्मा ६३,००० हजार जनसङ्ख्या भएको बर्म्यूडा ग्रीष्मकालीन ओलिम्पिक्समा स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश अथवा क्षेत्र बन्न पुगेको छ।

तेत्तीस वर्षीया फ्लोरा डफी चौथो पटक ओलिम्पिक्समा सहभागी भएकी थिइन्।

उक्त खेलका लागि मैदानमा रहेका ५६ महिलामध्ये उनी उत्कृष्ट साबित भइन्।

उनले ट्रायाथ्लनका सबै कार्य एक घण्टा ५५ मिनेट ३६ सेकेन्डमा पूरा गरिन्।

त्यो भनेको ब्रिटेनकी जोर्जिया टेलर-ब्राउन र अमेरिकाकी केटी जाफेरेसको तुलनामा एक मिनेटभन्दा अगाडि हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

ग्रीष्मकालीन ओलिम्पिक्समा पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देशको रेकर्ड यसअघि पनि बर्म्यूडाकै नाममा थियो।

सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कांस्य पदक जितेपछि उक्त देशको नाममा त्यो कीर्तिमान कायम भएको थियो।

तर अहिले उसले स्वर्ण पदकको पनि कीर्तिमान बनाएको छ।

"पाँच वर्षदेखि यो निकै दबावको काम थियो," फ्लोरा डफीले भनिन्।

"मैले कहिल्यै पनि ओलिम्पिक्सलाई मन पराउने बन्नका निम्ति सिफारिस गरिनँ। वास्तवमै यसले अहिले त्यसको लायक बनायो। मलाई लाग्छ अहिले पूरा बर्म्यूडा उन्मादमा होला। त्यसले यो मेरा लागि विशेष छ। हो, मेरा लागि यो सपना थियो तर मलाई थाहा थियो यो मभन्दा ठूलो कुरा हो।"

लामो दूरी

फ्लोरा डफीले जितेको ५१ किलोमिटर ट्रायाथ्लन बर्म्यूडा द्वीप समूहको एक छेउबाट अर्को छेउमा हिँड्नुभन्दा बढी लामो दूरीको थियो।

बर्म्यूडा न्यूयोर्कभन्दा १५ गुना सानो छ।

डफीले किशोरी अवस्थामा ब्रिटेनको प्रतिनिधित्व गर्न अस्वीकार गरेकी थिइन्।

उनले सन् २०१८ को कमनवेल्थ गेम्समा बर्म्यूडाको पहिलो महिला विजेता भएर इतिहासमा नाम लेखाइसकेकी छन्।

"बर्म्यूडाको पहिलो स्वर्ण पदक विजेता, पहिलो महिला पदक विजेता र आशा गरौँ घर फर्केर म सबैलाई यो पनि सम्भव छ भनी उत्प्रेरित गर्न सक्छु भनेर मलाई गर्व लागेको छ।"

टोक्योमा भएको रातभरिको वर्षाका कारण मैदान चिप्लो भएकाले मङ्गलवार उक्त प्रतिस्पर्धा १५ मिनेट ढिलोगरी सुरु भएको थियो।

तर प्रतियोगिता सुरु भएपछि पहिलो चार पाइलापछि उनले पछि फर्केर हेर्नुपरेन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलिम्पिक्स २०२० कसरी टोक्यो २०२१ भयो?

हर्षको आँसु

जब उनले अन्तिम रेखा पार गरिन् एउटा ठूलो मुस्कान हर्षको आँसुमा परिणत भयो।

"मैले संयम कायम राखेँ र मेरो दिमागमा यो अन्तिम किलोमिटरको दौड हो भन्ने सोच आउन दिइनँ।"

"मैले सडकको किनारामा मेरा पतिलाई देखेँ, उनी मेरा प्रशिक्षक पनि हुन्। अनि उनीतर्फ हेरेर म सामान्य रूपमा मुस्काएँ।"

उनले सन् २००८ र २०१२ का ओलिम्पिक्समा पनि सहभागी भएकी थिइन्।

सन् २०१६ को रियो ओलिम्पिक्समा उनलाई पदक जित्ने आशा थियो तर उनी आठौँ स्थानमा मात्र आउन सफल भइन्।

गोडामा चोट लागेपछि डफीले खेल नै झन्डै छाड्नुपरेको थियो।

सन् २०१८ देखि २०१९ सम्म उनले चोटका कारण कुनै पनि प्रतियोगिता खेल्न पाइनन्।

सन् २०२० लागेपछि उनले घुँडा सुनिने समस्या भोगिन्।

"आश्चर्यजनक लाग्छ। अर्थात् यसले सबै चोटपटक, कठिन समय र आँसुलाई पनि पूर्ण रूपमा यसको लायक बनाउँछ," उनी भन्छिन्।