टोक्यो ओलिम्पिक्स: खेलाडीलाई दिइएको खाट यौन सम्पर्क रोक्न नबनाइएको देखाउने भिडिओ

तस्बिर स्रोत, Getty Images
एक ओलिम्पिक्स खेलाडीले टोक्योस्थित ओलिम्पिक भिलेजमा खेलाडीहरूलाई कार्डबोर्डबाट बनेको खाट विशेष उद्देश्यले दिइएको भन्ने चर्चा असत्य भएको पुष्टि गरिदिएका छन्।
वातावरणीय र दिगो योजना टोक्यो ओलिम्पिक्स २०२० ले प्रमुख महत्त्व दिएको छ। नवीकरणीय स्रोतबाट विद्युत् आएको छ भने ओलिम्पिक्स टर्च पुनर्प्रशोधित एल्युमिनीअम र पदकहरू पनि पुनर्प्रशोधित यन्त्रबाट निर्माण गरिएका छन्।
यसका कारण खेलाडीहरूलाई दिइएको कार्डबोर्डबाट बनेको खाटको पछाडि यौन गतिविधि नियन्त्रण गर्ने उद्देश्य भएको आशङ्का गरिएको थियो।
केही मिथ्या सूचनामा ती खाट एकभन्दा बढी व्यक्ति सुतेमा भाँच्चिनेगरी बनाइएको र त्यसका उद्देश्य खेलाडीहरूले यौन सम्पर्क नगरून् तथा सामाजिक दूरी कायम राखून् भन्ने भएको दाबी गरिएको थियो।
यसका निर्माताहरूले ती खाटमा २०० किलोग्रामसम्म वजन थाम्ने बताएका थिए।
अमेरिकी खेलाडी पाउल चेलिमोले सामाजिक सञ्जालमा ती खेलाडीहरूबीच अन्तरङ्ग सम्बन्ध रोक्न लक्षित भएको बताएका थिए। तर यी धावकलाई सामाजिक सञ्जालमा ठट्टा गर्ने प्रयोगकर्ताका रूपमा चिनिन्छ।
तर पनि यी खाटहरू यौन सम्बन्ध रोक्न बनाइएको भन्ने हल्ला रोकिएन।
यो कुरा यति फैलियो कि आयोजकले आधिकारिक ट्विटरबाट आयरल्यान्डका २१ वर्षीय खेलाडी रिस मक्क्लेनागनलाई धन्यवाद दिनुपर्यो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
मक्क्लेनागनले ती खाटमाथि उफ्रेर एउटा भिडिओ बनाए र ती कुराहरू हल्ला मात्रै भएको ट्विटरमा बताएका छन्।
ओलिम्पिक्सको खाताबाट उनलाई मिथ्या कुरालाई सच्याएकोमा धन्यवाद भनिएको छ।











