कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमणमा फेरि सर्वाधिक दैनिक वृद्धि, ५० जनाको मृत्यु

कोभिड

तस्बिर स्रोत, Science Photo Library

नेपालमा गत २४ घण्टामा थप थप ९,१९६ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि सङ्ख्या हो।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५० जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ।

यो अवधिमा २,९०५ जना सङ्क्रमणमुक्त भएका छन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

सरकारको तथ्याङ्कअनुसार शुक्रवार अपराह्णसम्म देशभरि ७८,६२९ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५,८६० जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

अस्पतालमा रहेकामध्ये ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

कुल २०,४८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

कोरोनाभाइरस ब्यानर

मन्त्रालयका अनुसार शुक्रवार काठमाण्डू जिल्लामा ३,०८९ जना, ललितपुर जिल्लामा ६४३ र भक्तपुरमा ३७४ जनामा कोभिड पुष्टि भएको हो।

त्यसैगरी झापामा २१६, मोरङमा २७३, चितवनमा ३४३, कास्कीमा ३९३, दाङमा ३६६, बाँकेमा २२२ र रूपन्देहीमा ७३० जनामा पनि सङ्क्रमण पुष्टि भयो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

२२ जिल्लामा ५०० भन्दा बढी

हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका हुन्।

थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये २०४ जना १० वर्षभन्दा मुनिका, ६०० जना १० देखि १९ वर्षका र ४,४०१ जना २० देखि ३९ वर्षका छन्।

त्यस्तै ४० देखि ४९ वर्षका १,५७३, ५० देखि ५९ वर्षका १,१९९ र ७० वर्षभन्दा माथिका ३६६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

नर्स

तस्बिर स्रोत, RSS

काठमाण्डूमा धेरै सक्रिय सङ्क्रमित

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा तीन जिल्लामा कुल ३४,६०० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

  • काठमाण्डूः २५,९४०
  • भक्तपुरः ३,२५२
  • ललितपुरः ५,४२९

उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४४ प्रतिशत हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दोस्रोपटक कोरोना सङ्क्रमण भइरहँदा पनि बिरामीको उपचारमा खटिएकी नर्स

राजधानी उपत्यकामा अहिलेसम्म १,२१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।

  • काठमाण्डूः ८१४
  • भक्तपुरः १६८
  • ललितपुरः २३२

यो देशभरि कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७
  • एम्बुलेन्स सेवाको लागि १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

बिरामी

तस्बिर स्रोत, RSS

Presentational grey line

के छ भारतको स्थिति?

भारत सरकारले शुक्रवार प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा ४,१४,००० जनामा अर्थात् अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको छ।

उक्त अवधिमा ३,९१५ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।

भारतमा हाल ३६ लाख ४५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

कुल सङ्क्रमण सङ्ख्या भने दुई करोड १४ लाख नाघेको छ जसमध्ये दुई लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ।