तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: थप ९३६ जनामा कोभिड पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या साढे दुई लाख नाघ्यो
नेपालका विभिन्न जिल्लामा थप ९३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
केही सातायता दैनिक हुने परीक्षणको सङ्ख्या घटे पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ। अहिले काठमाण्डूमा ३१० सहित उपत्यकामा ४३८ जनामा कोरोनाभाइरस फेला परे
विगत २४ घण्टमा देशभरि ७,११७ जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा ३५१ महिला र ५८५ पुरुषमा कोभिड-१९ पुष्टि भएको हो।
यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या साढे दुई लाख नाघेको छ।
मन्त्रालयका अनुसार थप १,९९६ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको सङ्ख्या २,३८,५६९ पुगेको छ।
अहिले देशभरि ९,८८१ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये आधाभन्दा बढी अर्थात् ५,३९३ जना काठमाण्डू उपत्यकाका तीन जिल्लामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिले नेपालमा पीसीआर परीक्षण गरिएका नमुनामध्ये १३.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
तर पर्याप्त परीक्षण नभएकाले यो तथ्याङ्कले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक स्थिति प्रतिविम्बित नगर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा