तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोराना भाइरस नेपाल: पीसीआर परीक्षण अब २ हजारमै गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमण भए नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क दोस्रो पटक घटाएको छ।
हाल ४ हजार ४ सय रुपैयाँमा हुँदै आएको पीसीआर परीक्षण अब २ हजारमा गरिने भएको छ।
सबै सेवा शुल्क सहित बढीमा २ हजार रुपैयाँ लिन पाउने गरि निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।
किन घट्यो शुल्क?
पीसीआर परीक्षणका निम्ति आवश्यक सामग्रीको भाउ घटेकोले परीक्षण शुल्क घटाइएको बताइएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, "हाल पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्रीको मूल्य घटेकाले पहिलेको शुल्कमा घटाउने गरी निर्णय गरिएको हो।"
सामग्रीको मूल्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा घटेको उनले बताए।
परीक्षणका निम्ति चाहिने रसायन वा रिएजेन्टको भाउ घटेको उनले बताए।
शुरुमा पीसीआर परीक्षणका लागी १० प्रतिशत सेवा शुल्क सहित ६ हजार ५० रुपैयाँ तोकिएको थियो।
हाल देशभरिका ३४ वटा सरकारी र १३ वटा निजी प्रयोगशालामा शुल्क तिरेर परीक्षण गर्न पाइने व्यवस्था गरिएको छ।
काठमाण्डू उपत्यकाका ३ वटा अनी हरेक प्रदेशमा १/१ वटा प्रयोगशाला बाहेक अन्य प्रयोगशालाले दैनिक परीक्षणको आधामात्रै सशुल्क परीक्षण गर्न पाउने व्यवस्था छ।
सरकारले सुरुवाती दिनमा पीसीआर परीक्षण निशुल्क गर्दै आएको थियो। निशुल्क भएका कारण परीक्षण गराउन जानेको भिड बढ्दै गएको भन्दै परीक्षण मापदण्डलाई कडाइ गरेर शुल्क तिरेर पनि परीक्षण गर्न पाउने बाटो खोलिएको थियो।
हाल लक्षण देखिएका सङ्क्रमितको सम्पर्कमा रहेका मानिसहरूको र अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै निशुल्क परीक्षण गर्ने व्यवस्था छ।
हालसम्म ८ लाख ४० हजारभन्दा धेरै पीसीआर परीक्षण गरिसकिएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा