कोरोना भाइरस नेपाल: थपिए ९७९ सङ्क्रमित, ११ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, GETTY CREATIVE

सोमवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

यो वृद्धिसँगै सङ्क्रमितको कुल सङ्ख्या ४७,२३६ पुगेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३०० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३०,६७७ जना निको भएका छन्।

अहिले देशभरि १६,२५९ जनामा सक्रिय सङ्क्रमण छ।

कोरोनाभाइरस

तीमध्ये ७,१९० जना घरमै र ९,०६९ जना संस्थागत आइसोलेशनमा छन्।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

काठमाण्डू उपत्यकामा मात्र ५,५९२ जना सङ्क्रमित छन्।

को हुन् सङ्क्रमित र मृतक?

सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।

मृतकमध्ये चार महिला र सात जना पुरुष छन्। उनीहरूको उमेर ३७ देखि ९० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमध्ये ३३८ जना महिला र ६४१ जना पुरुष छन्।

काठमाण्डू उपत्यकामा थपिएका सङ्क्रमितको सङ्ख्या धेरै छ।

तीमध्ये काठमाण्डू जिल्लामा २९३ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जना छन्।

यसरी बढिरहेको छ सङ्क्रमण. नेपालमा कोरोनाभाइरस. .

त्यसैगरी मोरङमा ३९, सुनसरीमा ६५, धनुषामा ४४, सिराहामा ४१, मकवानपुरमा ७३, कास्कीमा ३०, बर्दियामा ४१, बाँकेमा ४२ र रूपन्देहीमा ४१ जना छन्।

Presentational white space

सङ्क्रमितमध्ये सिकिस्त बिरामी परेका १७१ जनालाई सघन उपचार उपलब्ध गराउनुपरेको र २० जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ।

सघन उपचार आवश्यक परेका र भेन्टिलेटरमा भएका बिरामीहरूको सङ्ख्या वाग्मती प्रदेशमा सर्वाधिक छ।

सक्रिय सङ्क्रमित धेरै भएका जिल्ला. नेपालमा कोरोनाभाइरस. .

के छ अरू तथ्याङ्क?

विगत २४ चौबीस घण्टामा ९,२१८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।

उनका अनुसार सो अवधिमा १,७३६ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएका थिए।

झन्डै ६५ प्रतिशत सङ्क्रमितहरू निको भएका छन्।

देशभरि ४,७०० जनाभन्दा केही बढी मानिस क्वारन्टीनमा छन्।

मन्त्रालयका अनुसार अहिले मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाण्डू, ललितपुर, चितवन र रूपन्देही जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

भदौ २१ गते आइतवार ९८० जनामा सङ्क्रमण र नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो। भदौ १६ देखि २० गतेसम्म प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परेका थिए।

गत भदौ १९ गते मन्त्रालयले १,३५९ जनामा सङ्क्रमण र १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। त्यो नै अहिलेसम्म एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर