तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः थपिए ६४१ जना नयाँ सङ्क्रमित, थप दुईको मृत्यु
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ६४१ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,६६० पुगेको छ।
मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङ्गकी एक महिला रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ९,२२१ जनामा सक्रिय सङ्क्रमण छ भने १७,३३५ जना भाइरसमुक्त भएका छन्।
आइतवार पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्ला गरी १७२ जना सङ्क्रमित रहेका छन्।
त्यस्तै प्रदेश नं १ मा ९५८ जना, गण्डकी प्रदेशमा २८० जना, प्रदेश नं ५ मा ८२१ जना, कर्णाली प्रदेशमा २२२ जना र सुदूरपश्चिम प्रदेशमा ७८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।
अन्य ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा काठमाण्डू, मोरङ्ग, पर्सा, रौतहट र महोत्तरी रहेका छन्।
के छ अरू तथ्याङ्क?
गत २४ घण्टामा १२,२४७ वटा पीसीआर परीक्षण गरिएको छ।
हालसम्म ५,१७,९०७ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १३४ जना रोगमुक्त प्रमाणित भएका थिए।
अहिले देशभरि क्वारन्टीनमा १५,२४३ जना छन्। आइसोलेशनमा ८,७२४ जना र होम आइसोलेशनमा ४९७ जना छन्। सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,९६७ जना र वाग्मती प्रदेशमा २,१९१ जना रहेका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा