कोरोना भाइरस नेपाल: थप ७० जना सङ्क्रमित, मृत्यु हुनेको कुल सङ्ख्या ३८

नेपालमा विगत २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। मृत्यु हुनेको सङ्ख्या एकैदिनमा ३ थपिएर कुल सङ्ख्या ३८ पुगेको छ।

अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा ३,६४८ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।

यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,७१९पुगेको छ।

हालसम्म कोभिड-१९ का कारण ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

निको भएर घर फर्कनेहरूको कुल सङ्ख्या ८,४४२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ८,२३९छ।

क्वारन्टीनमा अहिले २४,०९७ जना छन्।

डा. गौतमले दक्षिण एशियामा नेपालले जनसङ्ख्याको अनुपातमा पीसीआर गर्नेको सङ्ख्या सबभन्दा अगाडि रहेको दाबी गरे।

त्यसैगरी उनले नेपालमा मृत्युदर पनि अरू मुलुकको तुलनामा कम रहेको बताए।

यो पनि हेर्नुहोस्