कोरोना भाइरस नेपाल: थप ७० जना सङ्क्रमित, मृत्यु हुनेको कुल सङ्ख्या ३८

कोरोनाभाइरस ब्यानर

नेपालमा विगत २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। मृत्यु हुनेको सङ्ख्या एकैदिनमा ३ थपिएर कुल सङ्ख्या ३८ पुगेको छ।

अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा ३,६४८ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।

यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,७१९पुगेको छ।

हालसम्म कोभिड-१९ का कारण ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

निको भएर घर फर्कनेहरूको कुल सङ्ख्या ८,४४२ पुगेको छ।

कोरोनाभाइरस नेपाल

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ८,२३९छ।

क्वारन्टीनमा अहिले २४,०९७ जना छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

डा. गौतमले दक्षिण एशियामा नेपालले जनसङ्ख्याको अनुपातमा पीसीआर गर्नेको सङ्ख्या सबभन्दा अगाडि रहेको दाबी गरे।

त्यसैगरी उनले नेपालमा मृत्युदर पनि अरू मुलुकको तुलनामा कम रहेको बताए।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार २७ गते शनिवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १६,७१९कुल सङ्क्रमण

  • ४३१२४ घण्टामा घर फिर्ता

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ३,६४८

  • सक्रिय सङ्क्रमित८,२३९

  • देशभरि क्वारन्टीनमा२४,०९७

  • अहिलेसम्म निको८,४४२

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी बन्यो भाइरसविरुद्ध पहिलो खोप?