तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: ३२३ सङ्क्रमित थपिए, कुल सङ्क्रमित सङ्ख्या चार हजार नाघ्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप एक जनाको मृत्युको पुष्टि गरेको छ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४,०८५ पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन्।
मङ्गलवार थपिएका सङ्क्रमितहरूमध्ये ३१ जना महिला रहेका छन्।
हालसम्म नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या १५ र निको हुनेको सङ्ख्या ५८४ छ।
चितवनमा एकको मृत्यु
चितवनको भरतपुर उपमहानगरपालिका ११ का एक पुरुषको निधन भएको गौतमले बताएका छन्।
मृतकलाई निमोनिया भएको र उच्च रक्तचाप एवम् मधुमेह रहेको गौतमले बताएका छन्।
निजलाई सोमवार बेलुकी परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको र आज मङ्गलवार बिहान मृत घोषित गरिएको गौतमले बताए।
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये प्रदेश नं २ का ५४ जना रहेको छ।
तीमध्ये सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा एक जना रहेका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ