तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: एकै दिनमा २४ जना सङ्क्रमित भएको पुष्टि
नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एकैदिनमा २४ जना थपिएको छ।
सोमवार साँझ १३ जनामा सङ्क्रमण देखिएको आँकडा सार्वजनिक भएसँगै अहिलेसम्म नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या १३४ पुगेको छ।
सोमवार बिहान १० जना नयाँ सङ्क्रमित देखिएका थिए। ती सबै कपिलवस्तुका थिए।
त्यसपछि दिउँसो सप्तरीका थप एक १८ वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पाइएको थियो।
सोमवार थपिएका २४ जना मध्ये १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एकैदिनमा यतिधेरै सङ्क्रमित पाइएको यो पहिलोपटक हो।
खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
विगत २४ घण्टामा मात्रै करिब २,८०० नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वीस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोग स्वरुप दिएसँगै परीक्षणले तीब्रता पाएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा