तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस अपडेट: अपराह्ण थप एक जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या १२१
नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२१ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय पुरुष सङ्क्रमित पुष्टि गरेको हो।
मन्त्रालयले बिहान कपिलवस्तुका थप १० जनामा कोभिड-१९ भेटिएको जनाएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० रहेको उल्लेख छ।
उनीहरूको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
सङ्क्रमित अधिकांश युवा
मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, "राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० छ। जो कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७, १० निवासी १८, ,१९, २०, २४, २०, २० ,२४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष हुनुहुन्छ।"
आइतवार एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
यो वृद्धिसँगै प्रदेश नं ५ मा सङ्क्रमितको कुल सङ्ख्या ४० पुगेको छ।
यो प्रदेशअनुसार सर्वाधिक सङ्ख्या हो।
हालसम्मको परीक्षण
सोमवार अपराह्णसम्म देशभरि १३,६२५ जनाभन्दा बढी मानिस क्वारन्टीनमा थिए भने सम्भावित सङ्क्रमितसहित १६४ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको थियो।
अहिलेसम्म कर्णालीबाहेक देशका सातमध्ये छवटा प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।
सरकारले अहिलेसम्म ३३ जना निको भएर अस्पतालबाट बिदा भएको बताएको छ।
तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये काठमाण्डूका एक र पर्साका दुई जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ।
प्रदेश नं १ मा सर्वाधिक १६ जना निको भएका छन्।
हालसम्म पीसीआर विधिबाट नेपालमा १६९०८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ