तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: बाङ्ग्लादेशमा कपडा कारखाना खुल्यो, पाकिस्तानमा प्रहरी सङ्क्रमित
बाङ्ग्लादेशमा लकडाउन जारी भए पनि निर्यातका पुराना मागहरू पूरा गर्ने दबावबीच राजधानी ढाका लगायतका केही कपडा उद्योगहरू खुलेका हुन्।
कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण बाङ्ग्लादेशलाई निर्यातबाट आउने छ अर्ब डलर बराबरको राजस्वमा ठूलो असर पर्ने बताइएको छ।
तर कारखानाहरू खोल्ने निर्णयले कोभिड-१९ लाई फैलाउने चिन्ता पनि व्यक्त भएका छन्।
बाङ्ग्लादेशमा ५,९०० भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने १५२ जनाको मृत्यु भइसकेको छ।
पाकिस्तानमा प्रहरी सङ्क्रमित
पाकिस्तानको कराचीमा भने ५१ जना प्रहरीमा सङ्क्रमण देखिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।
सोमवार त्यहाँ सङ्क्रमितको सङ्ख्या १३,००० नाघेको छ।
डन दैनिकका अनुसार त्यहाँ तीन प्रहरी निरीक्षकमा समेत सङ्क्रमण पुष्टि भएकोमा एकजना निको भइसकेका छन्।
सोमवार थप दुईजना प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो।
भारतमा रहेका श्रीलङ्कालीको उद्धार
श्रीलङ्काले भारतको केरला र तमिलनाडुमा रहेका सयभन्दा बढी नागरिकलाई उद्धार गरेको छ।
विशेष विमानमार्फत् तिनीहरूलाइ स्वदेश लगिएको जनाइएको छ।
अधिकारीहरूका अनुसार भारतमा एक हजारभन्दा बढी श्रीलङ्काली विद्यार्थीहरू रहेको र उनीहरूलाई चरणबद्ध रूपमा उद्धार गरिनेछ।
भारतमा लकडाउन बढ्न सक्ने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दा धेरैजसो मुख्यमन्त्रीले लकडाउन बढाउनुपर्ने मत राखेका छन्।
दिल्लीमा आइतवार १९० नयाँ सङ्क्रमण पुष्टि भएको छ भने कुल सङ्क्रमितको सङ्ख्या २९,४६५ पुगेको छ।
भारतभरि अहिलेसम्म ९३४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा