कोरोना भाइरस नेपाल: थप तीन जनामा सङ्क्रमण भएको पुष्टि, ब्रिटेनबाट आएका दुई जना निको भएर घर फिर्ता

तस्बिर स्रोत, RSS
बिहीवार थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उसका अनुसार उदयपुरका ५५ वर्षीया महिला, जनकपुरका १४ वर्षीय किशोर र २६ वर्षीय पुरुषमा कोभिड-१९ देखिएको हो।
योसहित नेपालमा अब कुल सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ।
बिहीवार नै पाटन अस्पतालमा उपचाररत दुई जना भाइरसमुक्त भएपछि घर फर्किएका छन्। उनीहरू ब्रिटेनबाट नेपाल फर्किएका ८१ वर्षीया महिला र उनका ५८ वर्षीय छोरा हुन्।
उनीहरू समेत अहिलेसम्म नौ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
पीसीआर र आरडीटी विधि प्रयोग गरी अहिलेसम्म ४३,७२२ जनाको परीक्षण भएको देवकोटाले बताए।
आयातनिर्यातमा नि:सङ्क्रमणका लागि निर्देशिका
सीमानाकाबाट हुने आयातनिर्यातसम्बन्धी सुरक्षित उपाय सहितका निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ।
निर्देशिकामा मालबाहक सवारीसाधनलाई कसरी नि:सङ्क्रमण गर्ने, चालक तथा मालवस्तु ल्याउने व्यक्तिहरूमा कोभिड-१९ भएनभएको कसरी जाँच गर्ने, जाँचपासमा संलग्न कर्मचारीको सुरक्षासम्बन्धी तथा आयातीत वस्तुमा कोरोनाभाइरसका अवशेष नभएको कसरी निर्क्योल गर्ने विषयमा उल्लेख भएको जनाइएको छ।
अहिले नेपाल र भारत दुवै देशमा लकडाउन छ।
तर पनि अत्यावश्यक वस्तुको आयात भने खुला राखिएको सरकारले बताउँदै आएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









