तालिबान शीर्ष नेतृत्वमा फुट : सरकार नै ढल्न सक्ने गरी देशको भविष्यसम्बन्धी दृष्टिकोणमा मतभिन्नता

भिडिओ क्याप्शन सुरु हुँदैछ,
तालिबान शीर्ष नेतृत्वमा फुट : सरकार नै ढल्न सक्ने गरी देशको भविष्यसम्बन्धी दृष्टिकोणमा मतभिन्नता

बीबीसीले गरकेो एउटा अनुसन्धानमा अफगानिस्तानको सत्तामा रहेको तालिबान समूहको शीर्ष नेतृत्वमा विभाजन उत्पन्न भएको देखिएको छ। दुइटा गुटमा अफगानिस्तानको भविष्य र कसरी शासन सञ्चालन गर्ने भन्ने तिनका धारणा र शैली नितान्त भिन्न छन्।

अफगान सरकार ढलेपछि र अमेरिकाको नेतृत्वमा रहेका विदेशी सैनिकहरू फिर्ता भएपछि तालिबान सन् २०२१ मा सत्तामा पुगेको थियो। त्यस बेलादेखि कट्टरपन्थी इस्लामिस्ट समूहले देशमा शासन गर्दै आएको छ।

बीबीसी अफगान सेवाले तालिबानको आन्तरिक द्वन्द्वबारे एक वर्ष लगाएर अनुसन्धान गर्‍यो। त्यस क्रममा संवाददाताहरूले गोप्यता कायम गर्न खोज्ने उक्त समूहका वर्तमान र भूतपूर्व कार्यकर्ता, स्थानीय स्रोत, विश्लेषक र पूर्वकूटनीतिज्ञहरूसँग १०० वटाभन्दा बढी अन्तर्वार्ता गरे।

बीबीसीले उनीहरू सबैको सुरक्षाका लागि पहिचान गोप्य राखेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।