तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: 'सांसदले प्रश्न उठाएपछि एक साताका लागि संसद् स्थगित'
कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल सरकारले नगरेको भन्दै विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका बेला सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साताका लागि स्थगित गर्ने बताएका छन्।
सरकारले भिडभाड हुने कुनै कार्यक्रम वा भोजमा सहभागी नहुन सर्वसाधारण आग्रह गरिरहेका बेला कतिपय सांसदहरूले संसद्को बैठक पनि स्थगित गर्नुपर्ने माग गरेका थिए।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि आवश्यक कदम नचालिएको भन्दै प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले सरकारको चर्को आलोचना पनि गरे।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।
एक सातापछि अवस्था हेरेर थप निर्णय
बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले 'अन्य देशहरूले कोरोनाभाइरससँग सङ्घर्ष गर्न अपनाएको जस्तो पूर्वसतर्कता नेपालले अपनाउन नसकेको आरोप लगाए।
सांसदहरूबाट आएकै सुझावका आधारमा संसद् बैठक स्थगित गर्ने निर्णय आफूले गरेको सभामुख सापकोटाले बीबीसीलाई बताए।
"प्रतिनिधिसभाका सदस्यहरूले केही समय स्थगित गर्न राम्रो हुन्छ भनेर सुझाव दिनुभएको थियो। सबैतिरबाट यस्तै सुझाव आइरहेको थियो। विश्वव्यापी रूपमा पनि यो महामारीकै रूपमा आएको हुनाले चैत ७ गतेसम्म स्थगित गरेका छौँ।"
एक सातापछि अवस्था हेरेर थप निर्णय गरिने उनले बताए।
छ जनालाई एक्लै राखेर जाँच गरिँदै
बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्म नेपालमा ४५० वटा कोरोनाभाइरसको परीक्षण गरिएकोमा एक जनामा मात्रै सङ्क्रमण देखिएको जनाइएको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कोरोनाभाइरस सङ्क्रमणको जस्तै लक्षण देखिएका छ जनालाई अलग्गै आइसोलेशन वार्डमा राखिएको छ।
उक्त पत्रकार सम्मेलनमा सरकारले प्रस्तुत गरेको रणनीतिमा प्रभावित देशमा नेपालबाट हुने उडानहरू रोक्नेदेखि लिएर कुनै क्षेत्र प्रभावित भएमा त्यसलाई बन्द गर्न सकिने समेत उल्लेख छ।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्